Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबेलायती स्वास्थ्यमन्त्री नै कोरोना संक्रमित

बेलायती स्वास्थ्यमन्त्री नै कोरोना संक्रमित


लन्डन, फागुन २९
बेलायतका स्वास्थ्य मन्त्री नदिन डोरिजलाई कोरोना भाइरसको संक्रमण भएको छ । सिन्ह्वाका अनुसार बिरामी स्वास्थ्य हेर्ने कनिष्ठ स्वास्थ्यमन्त्री डोरिज अहिले घरभित्रै अलग्गै बसिरहेको अधिकारीले जनाएका छन् । उनलाई के कसरी कोरोना भाइरसको संक्रमण भयो भन्ने बारेमा स्पष्ट हुन नसकेको र अनुसन्धान भइरहेको अधिकारीको भनाइ छ ।

बेलायतमा अहिलेसम्म तीन सय ८२ जनामा संक्रमण भएको र छ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अष्ट्रेलियामा भने संक्रमितको संख्या एक सय १२ पुगेको छ । स्वास्थ्य विभागले बुधबारसम्म थप १२ जना थपिएर संक्रमितको संख्या एक सय १२ पुगेको बताएको छ । मृत्यु हुनेको संख्या भने तीन मात्रै रहेको पनि विभागले उल्लेख गरेको छ । यसैबीच अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोना संक्रमण नियन्त्रण र उपचारका लागि एक दशमलव ५५ अर्ब अमेरिकी डलर रकम छुट्याइएको घोषणा गरेका छन् ।

उनले सरोकारवालासँग छलफल गरेर कोरोना नियन्त्रण र उपचारका लागि विभिन्न प्याकेज तयार पारिएको पनि जानकारी दिए । यसैगरी दक्षिण कोरियामा थप दुई सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना भाइरसबाट संक्रमितको संख्या सात हजार सात सय ७५ पुगेको छ । त्यसैगरी थप छ जनाको मृत्यु भएको छ भने कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ६१ पुगेको छ । स्वास्थ्य अधिकारीका अनुसार कोरोना भाइरसबाट संक्रमितमध्ये ४१ जना निको भएर घर फर्किएका छन् ।

जापानमा पनि कोरोना भाइरसका कारण मृत्यु हुने र संक्रमितको संख्या थप बढेको छ । जापानको स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारले दिएको विवरणका अनुसार संक्रमितको संख्या बढेर पाँच सय ६८ पुगेको छ । उनीहरुले कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको जनाइएका छन् । कोरोनाको सुरुवात भएको देश मानिने चीनमा भने अहिले नयाँ बिरामी थपिनेक्रम घटेको छ । केही दिनअगाडिसम्म दैनिक सयौं बिरामी थपिने गरेकोमा बुधबार थप २४ जना नयाँ बिरामी भेटिएका छन् । त्यसैगरी थप २२ जनाको मृत्यु भएको जनाइएको छ । उता अमेरिकामा संक्रमितको संख्या एक हजार नाघेको छ ।

स्वास्थ्य अधिकारीका अनुसार कुल संक्रमित सङख्या एक हजार एक पुगेको हो भने मृत्युहुनेको संख्या २८ पुगेको छ । उनीहरुले वासिङट्नमा दुई सय ६०, न्यूयोर्कमा एक सय ७३, क्यालिफोर्नियामा एक सय ४४ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको जनाएको छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x