आठ दशमलव पाँच प्रतिशत पश्चिमा कम्पनी रूसबाट पलायन
जेनेभा । रूस–युक्रेन युद्धलाई लिएर व्यापक आक्रोशका बावजुद पनि थोरै सङ्ख्यामा मात्र पश्चिमा कम्पनीहरूले रूस छोडेको स्विस अध्ययनले देखाएको छ ।
एएफपीका अनुसार युनिभर्सिटी अफ सेन्ट ग्यालेन र लुसानेस्थित आईएमडी इन्स्टिच्युटका अनुसन्धाताहरूले गत फेब्रुअरीमा युक्रेनमा पूर्ण आक्रमण सुरु भएयता युरोपेली संघ र जी–७ मुलुकका कति कम्पनी रूसबाट हटेका छन् भन्नेबारे अध्ययन गरेका हुन् ।
सेन्ट ग्यालेन युनिभर्सिटीले बिहीबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उनीहरूको अध्ययनको निष्कर्षले रुसबाट ईयू र जी–७ फर्महरूको सीमित पश्चगमन भएको देखाएको छ र यसले पश्चिमा कम्पनीहरूको ठूलो पलायन भएको भन्ने दावीलाई चुनौती दिएको छ ।’
वास्तवमा, यी देशहरूमा मुख्यालय भएका धेरै फर्महरूले युक्रेनमा आक्रमणपछि सरकार, सञ्चारमाध्यम र गैरसरकारी संस्थाहरूको रूस छोड्नको लागि दबाबको प्रतिरोध गरेका छन् ।
गत महिना ‘अनलाइन सोसल साइन्स रिसर्च नेटवर्क (एसएसआरएन)’ ले प्रकाशित गरेको उक्त अध्ययनले रूसी सहायक कम्पनीसँग आबद्ध इयू र जी–७ का १० प्रतिशतभन्दा कम कम्पनीले मात्र ती कम्पनीहरूलाई अलग गरेको देखाएको छ ।
मस्कोले आक्रमण सुरु गर्दा युरोपेली संघ र जी–७ मा रहेका एक हजार चार सय चार कम्पनीले रूसमा सक्रिय रहेका दुई हजार ४०५ सहायक कम्पनीको गणना गरेको अध्ययनले देखाएको छ ।
अध्ययनका लेखक निकोलो पिसानी र सिमोन एभेनेटका अनुसार नोभेम्बरको अन्त्यसम्ममा १२० वा तीमध्ये ८.५ प्रतिशत कम्पनीले मात्र रूसमा कम्तीमा एउटा सहायक कम्पनी खारेज गरेका देखिएको छ ।
युरोप र जापानमा आधारित कम्पनीहरूको तुलनामा रूस छोड्ने कम्पनीमा संयुक्त राज्य अमेरिकामा मुख्यालय भएका कम्पनीहरूका शाखा रहेको पुष्टि गरिएको छ । तर संयुक्त राज्य अमेरिकाका पनि, रूसमा सञ्चालित १८ प्रतिशत भन्दा कम अमेरिकी सहायक कम्पनीहरू आक्रमण सुरु भएदेखि नै पूर्ण रूपमा बन्द भएका अध्ययनले देखाएको छ ।
यसको विपरीत, रूसबाट पलायन भएका कम्पनी वा फर्ममध्ये १५ प्रतिशत जापानी र ८.३ प्रतिशत ईयू फर्महरू रहेका छन् । रूसी सहायक कम्पनी छोड्नेमध्ये १९.५ प्रतिशत जर्मन र १२.४ प्रतिशत अमेरिकी स्वामित्वमा रहेको अध्ययनले देखाएको छ ।
अनुसन्धानले युरोपेली संघ र जी–७ फर्महरूको कर अघिको कुल मुनाफाको ६.५ प्रतिशत मात्र पश्चिमी फर्महरूले रूसमा सक्रिय व्यावसाय सञ्चालन गरेका थिए । रूसमा यस्ता कम्पनीमा काम गर्ने कर्मचारीको कुल सङ्ख्याको १५.३ प्रतिशत हिस्सा उनीहरूकै रहेको छ ।
‘औसतमा, बाहिरिने फर्महरूको रूसमा रहेका फर्महरूको तुलनामा कम मुनाफा र ठूलो कार्यबल थियो’, अध्ययनल देखाएको छ । विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यी निष्कर्षहरूले पश्चिमा कम्पनीहरूको अर्थव्यवस्थाबाट अलग हुने इच्छामाथि प्रश्न खडा गरेको छ ।’
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया