Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमध्यआकाशमा विमानभित्रै पिसाब फेर्नेलाई ४० लाख जरिवाना

मध्यआकाशमा विमानभित्रै पिसाब फेर्नेलाई ४० लाख जरिवाना


नयाँ दिल्ल । भारतको नागरिक उड्डयन प्राधिकरणले मदिराले मातेका एक जना यात्रीले ७२ वर्षीया महिलामाथि मध्यआकाशमा पिसाब फेरेको घटनालाई लिएर एयर इन्डियालाई करिब ४० लाख जरिवाना गराएको छ ।

गत नोभेम्बर २६ मा न्युयोर्कबाट एयर इन्डियाको विमानमा नयाँदिल्ली आउँदा अमेरिकी ब्यांकर भारतीय नागरिक शंकर मिश्राले महिलामाथि गरेको दुर्व्यवहारविरुद्ध एयर इन्डियाले कारबाही नगरेकाले नागरिक उड्डयन प्राधिकरणले उक्त जरिवाना गरएको हो । नयाँदिल्ली विमानस्थलमा सामान्य यात्रुलाई झैँ अभियुक्त मिश्रालाई विनाकारबाही प्रस्थान गर्न दिइएकामा आपत्ति जनाउँदै एयर इन्डियाका उड्डयन प्रबन्धकलाई भारु तीन लाख बेग्लै जरिवाना गराइएको छ ।

त्यसैगरी उक्त विमानका एकजना चालकलाई तीन महिनासम्म उडानमा प्रतिबन्ध लगाइएको छ । मिश्राबाट भएको उक्त निन्दनीय कार्यको भारतका साथै विश्वव्यापी रुपमा चर्को आलोचना भएको थियो । रासस/एएफपी


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x