Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारगत वर्ष घट्यो श्रीलंकाको रबर निर्यात

गत वर्ष घट्यो श्रीलंकाको रबर निर्यात


कोलम्बो । ऊर्जा संकटका कारण यातायात क्षेत्रमा पनि प्रभाव परेपछि सन् २०२२ मा श्रीलंकाको रबर निर्यातमा कमी देखिएको छ । श्रीलंकाले गत वर्ष रबरजन्य पदार्थ निर्यात गरी तीन खर्ब २७ अर्ब श्रीलंकाली रूपैयाँ (९० करोड अमेरिकी डलर) आम्दानी गरेको रबर विकास विभागले शनिबार जनाएको छ ।

विभागका महानिर्देशक मदवा कुलसूर्याले सन् २०२१ को राजस्वभन्दा यो केही कमी भएको बताएका छन् । दक्षिण एसियाली मुलुकले सन् २०२५ सम्ममा रबरका उत्पादनबाट हुने आम्दानीलाई बढाएर तीन अर्ब डलर पु-याउने लक्ष्य राखेको उनले बताए । श्रीलंकाको तयारी रबरका लागि प्रमुख बजार संयुक्त राज्य अमेरिका, जर्मनी र जापान हुन् भने पाकिस्तान, जर्मनी र जापानले श्रीलंकाबाट रबरका लागि कच्चा पदार्थ लिने गर्छन् ।

श्रीलंका विश्वमा अग्रणी प्राकृतिक रबर निर्यातकर्ताहरूमध्ये एक हो र सन् २०२१ मा रबर निर्यातबाट हुने आम्दानीको लगभग ७० प्रतिशत टायरबाट आएको आधिकारिक तथ्यांकले देखाएको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x