Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारफ्रान्समा प्राकृतिक प्रकोपको लागत २३ वर्षयताकै उच्च

फ्रान्समा प्राकृतिक प्रकोपको लागत २३ वर्षयताकै उच्च


पेरिस । प्राकृतिक प्रकोपका कारण गत वर्ष फ्रान्सेली बीमा कम्पनीहरूले १० अर्ब युरो (१०.९ अर्ब अमेरिकी डलर) को क्षति व्यहोर्नुपरेको छ । यो दुई दशकमा सबैभन्दा उच्च क्षति हो ।

फ्रान्स एस्योरर्सकी अध्यक्ष फ्लोरेन्स लस्टम्यानले गत वर्ष आएको असिना, बाढी र खडेरीलाई उद्धृत गर्दै युरोप–१ रेडियोसँग भनिन्, ‘यो वर्ष विपत्तिका कारण इन्सोरेन्स कम्पनीहरूले ठूलो क्षति व्यहोर्नुपरेको छ ।’ प्राकृतिक प्रकोपका कारण विमा उद्योगले सन् २०१७ देखि सन् २०२१ को बीचमा प्रति वर्ष औसतमा ३.५ अर्ब यूरो खर्च गर्नुपरेको उनले बताइन् ।

सन् १९९९ मा फ्रान्समा आएको आँधीबेहरीपछि सन् २०२२ को यो आँकडा सबैभन्दा बढी हो । बीमा महासंघले आगामी ३० वर्षमा प्राकृतिक प्रकोपबाट प्राप्त हुने रकम १४० अर्ब युरोभन्दा बढी क्षति हुने बताएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x