Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु

पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु


पेसावर । पाकिस्तानी सहर पेसावरमा भएको एक मस्जिद विस्फोटनमा कम्तीमा सय जनाको मृत्यु भएको छ । प्रहरीलाई लक्षित गरी भएको उक्त आत्मघाती आक्रमणमा ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।

उक्त मस्जिद उच्च सुरक्षामा रहे पनि कसरी विस्फोट गराइयो भन्नेबारे सरकारी निकायले अनुसन्धान गरिरहेको बुझिएको छ । धेरै वर्षपछि पाकिस्तानमा ठूलो आत्मघाती आक्रमण भएको हो । घटनाको जिम्मेवारी पाकिस्तानी तालिबानले लिएको छ । पछिल्लो समय पाकिस्तानी तालिबानले यसखाले घटनामा जिम्मा लिने गरेका थिएनन् । उनीहरुले आफूहरुको युद्ध सरकारी सुरक्षाबलसँग मात्र रहेको बताउँदै अस्पताल, विद्यालय र मस्जिद विस्फोटनको जिम्मा लिन अस्वीकार गर्ने गरेका थिए ।

विस्फोटनपछि क्षतविक्षत मस्जिदमा धेरै मानिसहरु च्यापिएकामा उद्धार गरिएको बताइएको छ । घटनामा घाइते हुने संख्या पनि ५० भन्दा बढी रहेको बताइएको छ । घटनामा २० भन्दा बढी प्रहरीको मृत्यु भएको छ । विस्फोटनको समयमा उक्त क्षेत्रमा तीन सयदेखि चार सय जनासम्म प्रहरी रहेको बताइएको छ । पाकिस्तानी तालिबानले गत नोभेम्बरमै युद्धविराम सकिएको बताएको थियो । त्यसयता पाकिस्तानमा यस्ता घटनामा वृद्धि भएको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x