अमेरिकाको दाबी रुसद्वारा अस्वीकार
मस्को । रुसले नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि (नयाँ स्टार्ट) को पालना नगरेको भन्दै संयुक्त राज्य अमेरिकाले गरेको दाबीलाई मस्कोले दृणतापूर्वक अस्वीकार गरेको छ । सिन्ह्वाका अनुसार रुसी विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ, ‘रूसी पक्षले नयाँ स्टार्टका प्रावधानहरूसँग हाम्रो देशको ‘अनुपालन नगरेको’ सम्बन्धमा अमेरिकी प्रतिनिधिहरूले गरेको दावीलाई स्पष्ट रूपमा अस्वीकार गर्दछ ।’
‘हामी संयुक्त राज्य अमेरिकाको शत्रुतापूर्ण कार्यहरू अनुत्तरित छोड्ने पक्षमा छैनौँ’, संयुक्त राज्य अमेरिकाले रुसलाई अमेरिकी भूमिमा निर्बाध निरीक्षण गर्ने सबै अवसरहरूमाथि प्रतिबन्ध लगाएको छ, जसले गर्दा सन्धिको उल्लंघन भएको छ ।
यो सन्धि अविभाज्य सुरक्षाको सिद्धान्त र पारस्परिक विश्वास, खुलापन र भविष्यवाणीको आधारमा रणनीतिक सम्बन्ध निर्माण गर्ने अवधारणाद्वारा निर्देशित भए पनि संयुक्त राज्य अमेरिकाका नीतिहरू आफैँमा विरोधाभाषपूर्ण छन् । ‘रूसी पक्षले अन्तरराष्ट्रिय सुरक्षा र स्थायित्व कायम राख्नको लागि एक उपकरणको रूपमा स्टार्टप्रति आफ्नो अटल प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
नयाँ स्टार्ट अनुसार दुई आणविक महाशक्तिहरू बीचको अन्तिम बाँकी रहेको आणविक हतियार नियन्त्रण सन्धिलाई दुई देशको सहमतिमा अधिकतम पाँच वर्षसम्म लम्ब्याउन सकिन्छ। रूस र संयुक्त राज्य अमेरिकाले सन् २०२१ फेब्र्रुअरी ३ मा आधिकारिक रूपमा पाँच वर्षको लागि सन्धि विस्तार गरेका थिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नेपाल निप्पोन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज स्थापना
- जोन्टा, एनसेल फाउन्डेसन, यूएनएफपीए र युनिसेफ नेपालबीच सहकार्य
- कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम
- पोखरा महानगरपालिकाको कागजपत्र अख्तियारको नियन्त्रणमा
- ‘बीबी माइनस ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटी’
- ट्रम्पका कारण चीन, क्यानडा र मेक्सिकोको मुद्रा अवमूल्यन
- दुर्गा प्रसाईंको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन
- एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुन: बोलपत्र आह्वान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया