Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारटर्कीमा भवन निर्माणमा संलग्नविरुद्ध पक्राउ पुर्जी

टर्कीमा भवन निर्माणमा संलग्नविरुद्ध पक्राउ पुर्जी


इस्तानबुल । अघिल्लो हप्ताको सोमबार गएको भूकम्पमा असामान्य क्षति व्यहोरेको टर्कीले भवन निर्माणमा संलग्नविरुद्ध एक सय १३ पक्राउ पुर्जी जारी गरेको छ ।

बीबीसीका अनुसार टर्कीको प्रहरीले कम्तीमा पनि १२ ठेकेदारलाई पक्राउ गरिसकेको छ । ठूलो जनधनको क्षतिपछि मानिसहरुले विरोध प्रदर्शन समेत चर्काएका छन् । आइतबारसम्म टर्की र सिरियामा भूकम्पबाट मर्नेको संख्या ३० हजार नाघेको छ ।

विज्ञहरुले टर्कीमा बनेका नयाँ भवनहरु असुरक्षित रहेको बताउँदै आएका थिए । खासगरी सरकारी नीति र भ्रष्टाचारका कारण भवनहरु कमसल बनाइएको उनीहरुको आरोप थियो । सरकारी नीतिले ठेकेदारहरुलाई सफाइ दिएको र अहिले ठूलो क्षति हुन गएको आरोप लागिरहेको छ ।

भूकम्पमा हजारौँ ठूला भवन भत्किनपुगेका थिए । संयुक्त राष्ट्रसंघले भूकम्पका कारण आठ लाख बढी मानिसले पर्याप्त खान समेत नपाउने चेतावनी दिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x