भारतद्वारा ११ महिनामा २७ अर्ब डलरको सुन आयात
नयाँ दिल्ली, चैत ३
भारतको सुन आयात ८.८६ प्रतिशतले घटेको छ । भारतीय मिडियाहरुका अनुसार चालू आर्थिक वर्षको ११ महिनामा भारतले २७ अर्ब अमेरिकी डलरको सुन आयात गरेको छ । वाणिज्य मन्त्रालयले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । गत आवको सोही अवधिमा भारतले २९ अर्ब ६२ करोड अमेरिकी डलरको सुन आयात गरेको थियो । सुन आयातमा कमी आउँदा भारतको ११ महिनाको व्यापारघाटा पनि घटेको छ । उक्त अवधिमा भारतको व्यापारघाटा १ खर्ब ४३ अर्ब डलर रहेको नवभारत टाइम्सले जनाएको छ । पछिल्लो आवको यही अवधिमा १ खर्ब ७३ अर्ब व्यापारघाटा रहेको थियो ।
पछिल्लो वर्ष डिसेम्बरयता सुनको आयात घटिरहेको छ । भारत विश्वकै ठूलो धेरै सुन आयात गर्ने देश हो । सुन आयात गरेर भारतले घरेलु आभूषण बजारको माग धान्दै आएको छ । भारतले एक आर्थिक वर्षमा ८ सयदेखि ९ सय टनसम्मको सुन आयात गर्ने गर्छ । आयात शुल्क सरकारले बढाएर १२.५ प्रतिशत पु¥याएको छ । यसअघि १० प्रतिशत थियो । भारतको आभूषण उद्योगहरुबाट ११ महिना (अप्रिलदेखि फेब्रुअरीसम्म)मा रत्न तथा आभूषण निर्यात घटेको छ । ८.२५ प्रतिशतले घटेर ३३ अर्ब ७८ अर्ब डलरको आभूषणजन्य सुन सामग्री निर्यात भएको हो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया