जर्मन चान्सलर स्कोल्जले भारत भ्रमण गर्ने
नयाँ दिल्ली । जर्मन चान्सलर ओलाफ स्कोल्जले यही फेब्रुअरी २५ र २६ मा भारतको राजकीय भ्रमण गर्ने विदेश मन्त्रालयले जनाएको छ । चान्सलर स्कोल्जका साथमा वरिष्ठ अधिकारीहरू र उच्चपदस्थ व्यक्तिहरूका साथै व्यापारिक प्रतिनिधिमण्डल पनि रहने बताइएको छ ।
उनी फेब्रुअरी २५ मा नयाँ दिल्ली आइपुग्ने र फेब्रुअरी २६ मा बेंगलुरु जाने मन्त्रालयको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । सन् २०११ मा द्विवार्षिक अन्तर्सरकारी परामर्श संयन्त्र सुरु भएदेखि जर्मन चान्सलरको भारतको यो पहिलो भ्रमण हो । सो अवसरमा दुवै देशका मन्त्रीहरूले आ–आफ्नो जिम्मेवारीका विभिन्न क्षेत्रमा छलफल गर्ने तयारी गरिएको छ ।
प्रधानमन्त्री र चान्सलर बीच द्विपक्षीय, क्षेत्रीय र विश्वस्तरीय महत्वका विभिन्न विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ । भारत–जर्मनी रणनीतिक साझेदारी साझा मूल्य–मान्यता, विश्वास र पारस्परिक समझदारीमा आधारित छ । सुदृढ लगानी र व्यापारिक सम्बन्ध, हरित र दिगो विकासमा सहयोग र बढ्दो जनस्तरीय सम्बन्धले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाएको दुवै पक्षको बुझाइ छ । चान्सलर स्कोल्जको भ्रमणले दुबै पक्षलाई छैठौँ आईजीसीको मुख्य नतिजाहरूको विकसित विषयबारे भएको प्रगति, सुरक्षा र रक्षा सहयोगलाई सुदृढ गर्ने, दुवै पक्षका लागि आर्थिक सम्बन्धका लागि काम गर्ने, अवसर बढाउने लगायतका विषषमा छलफल गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #5, #Page 5
ताजा अपडेट
- कोप–२९ मा सहभागी भई स्वदेश फर्किए राष्ट्रपति
- ‘नेक’ प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर दुई गते
- टेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट सुरु
- हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
- उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
- तेस्रो पटक पनि राष्ट्रपति बन्ने ट्रम्पको इच्छा
- बाह्य व्यापार र निकासीमा अनुदान
- तरलतामा किन भइरहन्छ सधैँ तलमाथि ?
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया