पर्यटक सुरक्षाका लागि मोबाइल एप
कोलम्बो । श्रीलङ्काले यहाँ आउने पर्यटकको सुरक्षाका लागि मोबाइल एप प्रयोगमा ल्याउने भएको छ । सोसम्बन्धी एप आगामी मार्च १ देखि लागू गरिने भएको यहाँका पर्यटन मन्त्रीले जानकारी दिएका छन् ।
श्रीलङ्काका पर्यटन मन्त्री हरिन फर्नान्डोले शनिबार श्रीलङ्काको राजधानी कोलम्बोमा आयोजना भएको पर्यटनसम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै सो कुराको जानकारी दिएको समाचारमा जनाइएको छ । उनले सो मोबाइल एपमा सात भाषाको प्रयोग गरिने भएको र त्यसलाई सबै नागरिकले पनि प्रयोगमा ल्याउन सकिने गरी निर्माण गरिएको पनि जानकारी दिएका छन् ।
पछिल्लो समयमा श्रीलङ्कामा पर्यटकमाथि पनि आक्रमण हुनेगरेको भन्ने सूचनाका कारण उनीहरुको सुरक्षाकै लागि यो एप बनाइएको पनि जानकारी दिएको समाचारमा जनाइएको छ । पर्यटकले कुनै घटना अर्थात् आफू असुरक्षित रहेका विषयमा जानकारी गराउनासाथ यहाँका अधिकारीले सो एप हेर्नसक्ने गरी निर्माण गरिएको बताइएको छ । सो सूचना प्रहरी तथा पर्यटन क्षेत्रका अधिकारी सबैमा जाने र यसै सूचनाका आधारमा ती पर्यटकको उद्धार गर्न सकिने गरी एप निर्माण गरिएको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
- बाँसझ्याङमा सात क्विन्टल लसुन भेटियो
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया