Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारइरानले आईएईएका अधिकारीलाई निरीक्षणको अनुमति दिने

इरानले आईएईएका अधिकारीलाई निरीक्षणको अनुमति दिने


तेहरान । इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएईए)का निरीक्षकहरूलाई आफ्ना आणविक स्थल तथा जडान गरिने उपकरणको निरीक्षणका निम्ति अनुमति दिने वाचा गरेको छ । इरानी अधिकारीहरूले आफूसँग त्यस्तो वाचा गरेका आइएईएका प्रमुखले बताएका हुन् ।

संयुक्त राष्ट्रसंघीय निकाय आइएईएका महानिर्देशक राफेल मारियानो ग्रोसीले शानिबार इरानका राष्ट्रपति इब्राहिम रायसी र अन्य उच्च अधिकारीसँग भेटवार्ता गरेका थिए । सोही क्रममा उहाँहरूले आइएईएका निरीक्षणकर्तालाई सम्बन्धित स्थानमा पहुँच दिने वाचा गर्नुभएको महानिर्देशक ग्रोसीले आज यहाँ पत्रकारहरूलाई जानकारी दिए । विगतमा राष्ट्रसंघीय निकायलाई ती स्थानमा इरानले पहुँच दिन अस्वीकार गरेको थियो ।

इरानले के कस्ता उपकरण पुनस्थापना गर्छभन्ने विस्तृत जानकारी भने महानिर्देशक ग्रोसीले दिएनन् । यद्यपि उनले विगतका अवरोध क्रमशः पन्छिँदै गएका र केही ठोस कार्य गर्नचाहेको इरानी संकेत आफूले पाएको बताए । उनले इरानको आश्वासनलाई सकारात्मक मान्नुपर्ने बताए । तेहरानले आफ्नो विवादित आणविक कार्यक्रमको निगरानी गर्ने आइएईएका अधिकारीलाई पहँुच दिनुपर्नेमा लामो समयदेखि राष्ट्रसंघले माग गर्दै आएको थियो । रासस/एपी


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया