टर्कीमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ४५ हजारभन्दा बढी
टर्की । टर्कीमा गएको भूकम्पमा परी ४५ हजार ८९ जनाको मृत्यु हुनुका साथै एक लाख १५ हजार व्यक्ति घाइते भएको संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले जनाएको छ ।
सिरिया र टर्कीको सीमा क्षेत्रमा फेब्रुअरी ६ गते (बिहान ४.१७ बजे) ७.८ रेक्टर स्केलको विनाशकारी भूकम्प गएको थियो । उक्त भूकम्पको केन्द्रविन्दु कहरमानमारस प्रान्तको पाजारसिक जिल्लामा रहेको थियो । भूकम्पले छिमेकी प्रान्तहरू अदियामान, हताय, कहरमनमारस, किलिस, उस्मानिये, गजियान्टेप, मालत्या, सानलियुर्फा, दियारबाकिर, एलाजिग र अदानालाई प्रभावित गरेको थियो ।
उक्त क्षेत्रमा करिब १८ लाख सिरियाली शरणार्थीसहित लगभग एक करोड ४० लाख मानिसहरू बसोबास गर्छन् । त्यस क्षेत्रमा ९ घण्टापछि ७.५ म्याग्निच्यूडको दोस्रो ठूलो भूकम्प गएको थियो जसका कारण थप ठूलो क्षति हुनुका साथै क्षतिग्रस्त भवनहरू ध्वस्त भएका थिए ।
अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले तयार पारेको ‘सन् २०२३ को भूकम्प विस्थापन’ प्रतिवेदनअनुसार कूल २७ लाख मानिसले विपद् क्षेत्र छाडेका छन् । ‘इन्टरनेसनल फेडरेसन अफ रेडक्रस एण्ड रेड क्रिसेन्ट सोसाइटीज (आईएफआरसी)’ ले टर्की र सिरियामा ‘दोस्रो विपत्ति’ आउन नदिन स्वास्थ्य, मानसिक स्वास्थ्य र मनोसामाजिक आवश्यकताका लागि दिगो अल्पकालीन र दीर्घकालीन प्रतिक्रियाको तत्काल आवश्यकता रहेको चेतावनी दिएको छ ।
टर्की सरकारका अनुसार विपत्तिबाट कूल दुई लाख १४ हजार भवनहरूमा आंशिक तथा पूर्ण क्षति पुगेको छ । प्रभावित कूल नौ लाख ११ हजार नौ सय ४२ व्यक्तिहरूलाई कहरमानमारस, हताय, उस्मानिय र मालत्या प्रान्तका चार वटा घुम्ती सामाजिक सेवा केन्द्रहरूमा मनोसामाजिक सहायता प्रदान गरिएको टर्कीको सरकारले जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया