Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबीएमडब्लु र टोयोटाको कार उत्पादन बेलायतमा बन्द

बीएमडब्लु र टोयोटाको कार उत्पादन बेलायतमा बन्द


लन्डन, चैत ६
विश्वका चर्चित कार निर्माता कम्पनीद्वय बीएमडब्ल्यू र टोयोटाले बेलायतस्तिथ आफ्ना प्लान्टहरु बन्द गरेका छन् । बीबीसीका अनुसार विश्वमा कोरोना भाइरसको महामारी बढ्न थालेपछि कम्पनीहरुले उक्त बाटो रोजेका हुन् । यसअघि नै निसान र भक्सलले पनि आफ्ना कार कारखानाहरु बन्द गरिसकेका छन् ।

महामारीकै कारण कार कम्पनीहरुको बिक्री र पार्टपुर्जा उत्पादन समेत घटेको छ । दुई कम्पनीले गरेको पछिल्लो निर्णयसँगै बेलायतमा जागुआर ल्यान्ड रोभर र होन्डा मात्रै कारखाना सञ्चालन गर्ने कम्पनी रहेका छन् । वेएलआरुले पनि केही दिनमै कारखाना बन्द गर्ने तयारी गरेको छ । बेलायतमा बीएमडब्लुका आठ हजार कर्मचारी छन् । अक्सफोर्ड नजिकै यसले सानो कारखाना सञ्चालन गर्छ भने स्विनडन र ह्याम्समा कम्पनीको प्लान्ट रहेको छ । गुडवार्डमा यसले रोल्स रोयस कारहरु समेत उत्पादन गर्छ ।

पछिल्लो निर्णयलाई कम्पनीले कठिन भनेको छ । कम्पनीले अप्रिल १७ सम्म कारखाना बन्द गर्नेछ । त्यस्तै टोयोटाका प्रवक्ताले पनि युरोपेली प्लान्टहरु बन्द गर्ने कम्पनीको घोषणा सार्वजनिक गरेको बीबीसीले जनाएको छ । टोयोटाले बेलायतमा ३ हजार मानिसलाई रोजगारी दिएको छ । यी दुई कम्पनीमात्र होइनन्, फेरारी, फियाट क्राइस्लर, फोर्ड, पीएसए (पुज्योट), टीपीएसए, रेनो, फक्सवागन, डायम्लर, निसान र स्विडेनको भोल्भो कारले पनि उत्पादन प्लान्ट बन्द गरिसकेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x