विश्व बैंक प्रमुखमा अमेरिकी नियुक्ति प्रस्तावलाई रुसले चुनौती दिने
मस्को । सले विश्व बैंकको रिक्त प्रमुख पदमा अमेरिकाले गरेको नियुक्तिको प्रस्तावित व्यक्तिलाई चुनौती दिनसक्ने देखिएको छ । रुसले विश्व बैंकका प्रस्तावित उम्मेदवारविरुद्ध उभिन आफ्ना समर्थक राष्ट्रसँग छलफल गरिरहेको सीएनएनले जनाएको छ ।
मस्कोका विश्व बैंक एक प्रतिनिधि उच्च अधिकारीलाई उद्धृत गर्दै जनाइएअनुसार यसले सजिलै विश्व बैंकको प्रमुख चुनिने सम्भावना जटिल हुने देखिएको छ । रुस विश्व बैंकको मतदाता सदस्य हो । यद्यपि विश्व बैंकले रुस र बेलारुसमा मार्चको अन्तिमदेखि आफ्ना सबै कार्यक्रम रद्द गरेको छ । उसले युक्रेनी जनतालाई युद्धमा होमेको आरोप लगाउँदै सबै कार्यक्रम रद्द गरेको हो ।
विश्व बैंकमा रुस र सिरियाका प्रतिनिधि कार्यकारी निर्देशक रोमन मार्शविन रहेका छन् । उनले सम्भावित नियुक्तिका लागि उपयुक्त उम्मेदवारको खोजी भइरहेको रोयटर्सलाई बताएका छन् । यद्यपि कुनै विस्तृत जानकारी उनले दिएका छैनन् । यसको निर्णय रुसी राजधानी मस्कोमा नै हुनेछ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले गत महिना मास्टरकार्डका पूर्वप्रमुख कार्यकारी अधिकृत अजय बांगालाई नियुक्ति गर्ने प्रस्ताव गरिसकेका छन् । उनले नै हालका डेभिड माल्पासको थान लिने अनुमानका बीच रुसले त्यसविरुद्ध अन्य व्यक्ति अघि सार्नलागेको हो ।
रुसी समाचार संस्था तासले पनि रुसी उम्मेदवारीबारे बताइसकेको छ । यता अमेरिकाले प्रस्ताव गरेका बांगाले आफूले यसअघि नै भारत, घाना र केन्याबाट समर्थन पाइसकेको बताएका छन् । उनले फ्रान्स र जर्मनीबाट पनि समर्थनको प्रतिबद्धता पाएको दाबी गरेका छन् । मंगलबार मात्रै बंगलादेशले उनलाई समर्थन गर्ने जनाइसकेको छ । मार्च २९ सम्म उक्त पदका लागि उम्मेदवारी मनोनयन लिइनेछ । दोस्रो विश्वयुद्धको समाप्तिपछि स्थापना भएको विश्व बैंकमा बहुमत सेयर अमेरिकाको छ भने उसले नै यसअघि नेतृत्व लिँदै आएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- देशका अधिकांश भागमा आज मौसम सफा रहने
- अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया