तेल बिक्रीबाट डेढ खर्ब अमेरिकी डलर मुनाफा
रियाद । साउदी अरेबियाको कच्चा तेल उत्पादक कम्पनी साउदी अराम्कोले गत वर्ष कीर्तिमानी मुनाफा कमाएको छ । सन् २०२२ मा कम्पनीले एक खर्ब ६१ अर्ब अमेरिकी डलरको कीर्तिमानी मुनाफा आर्जन गरेको कम्पनीले घोषणा गरेको हो ।
ऊर्जा क्षेत्रको मूल्य बढ्दा कम्पनीलाई नाफा भएको बताइएको छ । पछिल्लो वर्षको तुलनामा साउदी सरकार स्वामित्वको कम्पनीले ४६.५ प्रतिशत बढी नाफा आर्जन गरेको हो । कीर्तिमानी नाफा घोषणा गर्ने अराम्को ऊर्जा क्षेत्रको पछिल्लो कम्पनी हो । सन् २०२२ को फेब्रुअरी अन्त्यतिर रुसले युक्रेनमाथि आक्रमण गरेपछि ऊर्जा क्षेत्रको मूल्य ह्वात्तै बढेको छ ।
अराम्कोबाहेक अमेरिकाको एक्सनमोबिलले पनि ५५.७ अर्ब डलर र बेलायतको शेलले ३९.९ अर्ब डलर नाफा कमाएको बताएका थिए । अराम्कोले सन् २०२२ को अक्टोबर–डिसेम्बर अवधिका लागि १९.५ अर्ब डलरको बोनस घोषणा गरेको थियो । यो वर्षको पहिलो त्रैमासिकमा उक्त बोनस वितरण गरिने जनाइएको थियो । त्यसको धेरै अंश साउदी सरकारलाई जानेछ । जसको कम्पनीमा ९५ प्रतिशत सेयर स्वामित्व छ ।
अहिले ब्रेन्ट क्रुडको व्यापार प्रतिब्यारेल ८२ डलर वरिपरि छ । गत महिनाको अन्त्यतिर भने प्रतिब्यारेल मूल्य नै १२० अमेरिकी डलर पुगेको थियो । त्यतिबेला रुसले युक्रेनमा आक्रमण गरेपछि ह्वात्तै बढेको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
- उपनिर्वाचनमा बालबालिकाको प्रयोग नगर्न जिसपको आग्रह
- जी–२० नेताहरूद्वारा प्रमुख चुनौती र सङ्कटलाई तत्काल सम्बोधन गर्न आह्वान
- युक्रेनले पहिलो पटक रसियामा अमेरिकी मिसाइल प्रहार गर्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया