औषधि उत्पादन बढाउन मोदीको निर्देशन
नयाँ दिल्ली, चैत ९
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार औषधि कम्पनीहरूलाई उत्पादन बढाउन निर्देशन दिएका छन् । शनिबार भिडियो सम्मेलनमार्फत औषधि उत्पादक कम्पनीहरूका प्रतिनिधिहरूसँग कुराकानी गर्ने क्रममा उनले यो समय उत्पादनलाई बढाउने समय भएकोले सबैले यसलाई गम्भीरताका साथ लिनुपर्ने बताएका हुन् ।
प्रतिक्रियामा औषधि कम्पनीका सञ्चालकहरूले प्रधानमन्त्री मोदीलाई औषधिको उत्पादन बढाउने आश्वासन दिएका थिए । उनीहरूले आफूहरूसँग औषधि उत्पादनका लागि प्रशस्त कच्चा पदार्थको भण्डारण रहेको र औषधिको उत्पादनका सम्बन्धमा कुनै चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएका थिए । औषधि उत्पादनका क्षेत्रमा काम गर्ने रसायनविद् तथा फर्मा कम्पनीले हरेका नागरिकका लागि राष्ट्रको चिन्ता पहिलो हुने भन्दै हप्तामा सातै दिन पूरा २४ घण्टाका दरले औषधिको उत्पादन गर्ने बताएका थिए ।
भारतमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ८३ पुगेको र यसका कारण चार व्यक्तिको मृत्यु भइसकेको अवस्थामा प्रधानमन्त्री मोदीले औषधि उत्पादनमा कमी नआओस् भन्ने उद्देश्यले व्यवसायीसँग अन्तर्क्रिया गरी उनीहरूको तयारीबारे धारणा बुझेका हुन् । भारतमा उत्पादन हुने औषधिको भर खास गरी दक्षिण एसियाली मुलुकहरुमा हुने गर्छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया