सेयर बजार घट्नुअघि नै अमेरिकी सिनेटरले सेयर बिक्री गरेपछि..
वासिङटन, चैत ९ .
अमेरिकी माथिल्लो सदन सिनेटको निकै महत्वपूर्ण मानिने अन्वेषण समितिका अध्यक्ष सिनेटर रिचार्ड बरले कोरोना भाइरसको महामारी फैलिन सुरु भएलगत्तै शंकास्पद रुपमा १७ लाख अमेरिकी डलर बराबरको सेयर बिक्री गरेको खुलासा भएको छ । अमेरिकी सेयर बजारमा फेब्रुअरीको सुरुदेखि व्यापक मन्दी छाएको छ ।
सिनेटको रेकर्डले सिनेटर बर र उनकी पत्नीले जनवरी र मध्य फेब्रुअरीको बीचमा ३० भन्दा कारोबार मार्फत् करिब १७ लाख डलर बराबरको सेयर बिक्री गरेको देखाएको छ । यही समयमा अमेरिकी सेयर बजारमा मन्दी देखिन थाल्नुका साथै अमेरिकी स्वास्थ्य अधिकारीहरुले भाइरसका कारण गम्भीर स्वास्थ्य समस्या देखापर्ने भन्दै चेतावनी दिएका थिए । सिनेटर बरले सेयर बिक्री गरेको बारेमा प्रोपब्लिका र दी सेन्टर फर रेन्सोन्सिभ पोलिटिक्सले पहिलो खबर प्रकाशन गरेका थिए । अझ, सिनेटर बरले भाइरसले गम्भीर असर पार्नेछ भनी नर्थ क्यारोलिनामा दिएको भाषण अघि यी सेयर बिक्री भएका थिए ।
सिनेटको अन्वेषण (इन्टिलिजेन्स) समितिको अध्यक्ष भएका कारण बरले गोप्य सरकारी सूचनामा पहिल्यै प्राप्त गरेको अनुमान गरिएको छ। समितिमा कोरोनाको महामारीका बारेमा छलफल पनि नभएको रेकर्डबाट देखिएको छ । बरले बिहीबार गरेको ट्वीटमा क्यारोलिनाको कार्यक्रममा आफू समेत सबैलाई एक जना स्वास्थ्य अधिकारीले कोरोनाभाइरसले व्यापक असर पार्ने चेतावनी दिएको उल्लेख गरेका छन् ।
बर मात्र होइन, सेयर बजारमा मन्दी आउनै लाग्दा अर्की एक अमेरिकी सिनेटरले पनि सेयर बिक्री गरेको देखिएको छ । जर्जिया राज्यकी सिनेटर केल्ली लोफलरले जनवरीको अन्त्यतिर हजारौं कित्ता सेयर बिक्री गरेका थिए । सिनेटको रेकर्डमा यही समयमा सिनेटरहरुलाई भाइरसको महामारीका बारेमा जानकारी दिइएको उल्लेख छ । भित्रभित्रै सेयर बिक्री गरे पनि सार्वजनिक समारोहमा सिनेटर लोफलरले आफ्ना मतदातालाई ट्रम्प प्रशासनमाथि विश्वास राख्न अनुरोध गरेका थिए ।
फेब्रुअरी २७ मा लोफलरले ट्वीट गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकीलाई स्वस्थ र सुरक्षित राख्न सार्थक कार्य गरिरहनु भएकाले सबैले उहाँमाथि भरोसा राख्न अनुरोध गरेका थिए । सिनेटर लोफलरको विवाह न्यूयोर्क स्टक एक्सचेन्जको स्वामित्व लिएको इन्टरकन्टिनेन्टल एक्सचेन्जका प्रमुख कार्यकारी जेफ्री स्प्रेचरसँग भएको थियो । (रासस/एपी)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया