Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबेलायतले कोरोनाका कारण बेरोजगार बनेकालाई तलबको ८० प्रतिशत रकम दिने

बेलायतले कोरोनाका कारण बेरोजगार बनेकालाई तलबको ८० प्रतिशत रकम दिने


लन्डन, चैत १०
बेलायत सरकारले विश्व महामारी कोरोना भाइरसका कारण रोजगारी गुमाएका नागरिकको तलबमध्ये ८० प्रतिशत रकम दिने भएको छ । भाइरसकै कारण रेस्टुराँ, होटल बन्द गरेसँगै सरकारले उक्त घोषणा गरेको एजेन्सीहरुले जनाएका छन् । बेलायती अर्थमन्त्री ऋषि सुनकले रिपोर्टरहरुसँगको कुराकानीको क्रममा उक्त घोषणा गरेका हुन् । तर यस्तो रकम आगामी तीन महिनाका लागि हुनेछ । यसरी तलब पाउनेले बढीमा २५ सय पाउन्ड स्टर्लिङ मासिक रुपमा पाउनेछन् ।

उनका अनुसार सरकारले साना र ठूला सबैखाले कम्पनीहरुलाई उक्त रकम अनुदान दिनेछ । घोषित रकम औसत आम्दानीभन्दा धेरै हो । कोरोनाका कारण अर्थतन्त्रमा क्षति पुग्ने भएपछि विश्वभरका सरकारले आवश्यक कदम चालिरहेका छन् । बेलायतले ३० अर्ब पाउन्डको करछुट योजना र १२ महिनासम्मको लागि ब्याजरहित ऋणको घोषणा गरेअनुरुप अर्थमन्त्रीको बेरोजगारी तलब योजना सार्वजनिक भएको हो ।

पछिल्ला दिनमा कोरोना भाइरस संक्रमणलाई गम्भीर रुपमा नलिएको भन्दै बेलायत सरकारको आलोचना बढिरहेको छ । सोही पत्रकार सम्मेलनमा प्रधानमन्त्री बोरिस जोन्सनले कोरोनाविरुद्ध लड्न दूरी बढाउने, रेस्टुराँ बन्द गर्ने, थिएटर र फिल्म हलहरु, जिमलगायत बन्द गर्ने घोषणा गरेका थिए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x