Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपश्चिमा ब्रान्डले छाडेपछि रसियालीले रोज्न थाले चिनियाँ कार

पश्चिमा ब्रान्डले छाडेपछि रसियालीले रोज्न थाले चिनियाँ कार


मस्को । पश्चिमा कार निर्माताले रुस छाड्दै गर्दा चिनियाँ कारले रुसमा अवसर पाएका छन् । चिनियाँ ब्रान्डहरु हाभल, चेरी र गिलीलगायतले रुसमा अवसर पाउनथालेका हुन् ।

रोयटर्सका अनुसार यी चिनियाँ कारले अहिले रुसको नयाँ कार बिक्रीमा ४० प्रतिशत हिस्सा ओगटेको बजार विश्लेषक संस्था अटोस्ट्याट र कन्सल्टिङ कम्पनी पीपीकेको तथ्यांकले देखाएको छ । सन् २०२२ को जनवरीमा यस्तो हिस्सा १० प्रतिशतभन्दा तल थियो ।

पश्चिमा ब्रान्डहरु रेनो, निसान र मर्सिडिजलगायत निक्लिँदा चिनियाँ कार रुसी नागरिकको रोजाइमा पर्नथालेको बताइएको छ । तर ती कार समस्यारहित नभएको उपभोक्तालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । पश्चिमा प्रतिस्पर्धीको तुलनामा चिनियाँ कारको गुणस्तर निकै कमसल भएको उनीहरुले बताएका छन् । बजार हिस्सा उकासिँदै गर्दा यसले चिनियाँ कार उत्पादकलाई गुणस्तर सुधारेर आफ्नो प्रसिद्धि जोगाउनुपर्ने देखाएको छ ।

स्टेपान नामका एक उपभोक्ताले गुणस्तरमा ठूलो भिन्नता रहेको बताए । उनले सन् २०२२ मा एउटा स्कोडा खरिद गरेका थिए । फक्सवागन ग्रुपको एक हिस्सा चेक कार निर्माता स्कोडा अटोले पनि रुसको आफ्नजो सम्पत्ति बिक्री गर्ने अन्तिम तयारी गरिरहेको छ । त्यस्तै अलेजेन्डर नामका ७४ वर्षीय रुसी उपभोक्ताले समयअनुसार विश्वसनीयतामा सुधार आउने आशा गरे ।

रुसमा चिनियाँ ब्रान्डको बजार हिस्सा जनवरी–फेब्रुअरीमा ३७.१५ प्रतिशत पुगेको छ जुन एक वर्षअघिको सोही अवधिमा ९.४८ प्रतिशत मात्र थियो । अटोस्ट्याट र पीपीकेको डेटाअनुसार युरोपेलीलाई छोडेर जापानी र कोरियाली ब्रान्डको हिस्सा ७० प्रतिशतबाट घटेर २२.६ प्रतिशतमा झरेको देखाएको छ । त्यसो त रुसमा नयाँ कार बिक्री नै घटेको देखिएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया