फेरि ४ अर्ब २० करोड डलरको मुद्दा खेप्दै गुगल
लण्डन । प्रकाशकहरुले गुमाएको आम्दानीका लागि क्षतिपूर्ति दाबी गर्दै गुगलविरुद्ध फेरि ठूलो रकमको मुद्दा दायर गरिएको छ । गार्जियनका पूर्वप्रविधि सम्पादक चाल्र्स आर्थुरले गुगलले अनलाइन विज्ञापनमा अवैधानिक रुपमा कब्जा जमाएको र त्यसले प्रकाशकहरुले प्राप्त गर्ने आम्दानी घटाएको भन्दै ४.२ अर्ब अमेरिकी डलरको मुद्दा हालेका हुन् ।
गुगलले भने आकलित र अवसरवादी कार्यको सशक्त प्रतिरोध गर्ने जनाएको छ । गत नोभेम्बरमा यस्तै एक मुद्दा लागेयता यो उहीखाले दोस्रो मुद्दा भएको बीबीसीले जनाएको छ । अघिल्लो मुद्दा अफकमका पूर्वनिर्देशक क्लाउडियो पोलाकले हालेका थिए । उनले १३.६ अर्ब पाउन्ड स्टर्लिङ क्षतिपूर्ति गुगलले तिर्नुपर्ने मागदाबी गरेका थिए ।
यी मुद्दाहरुले विज्ञापन प्रविधि एडटेकको ध्यानाकर्षण गरेको छ जसले प्रकाशकले कमाउने र तिनका लागि खर्च हुने अनलाइन उपभोक्ताले हेर्ने हिसाबले छुट्याउँछ । अनलाइन डिस्प्ले विज्ञापन धेरै वेबसाइटहरुको आयको मुख्य स्रोत हो । बेलायती प्रतिस्पर्धा नियामक द कम्पिटिसन एन्ड मार्केट्स अथोरिटी (सीएमए)ले पनि विज्ञापन प्रविधिमा गुगलको प्रभुत्वबारे अनुसन्धान गरिरहेको छ ।
गुगलविरुद्ध बिहीबार दर्ता गरिएको मुद्दामा आर्थुरले गुगलले आफ्नोे पदको दुरुपयोग गर्दा एडटेक सेवाको मूल्य महँगो भएको र प्रकाशकहरुको विज्ञापन बिक्रीबापतको आम्दानी अवैधरुपले घट्नपुगेको उल्लेख छ ।
‘सीएमएले अहिले एडटेकमा गुगलको प्रतिस्पर्धाविरोधी कार्यबारे अनुसन्धान गरिरहेको छ, तर उनीहरुसँग गुगललाई आम्दानी गुमाएकाहरुलाई क्षतिपूर्ति भराइदिने अधिकार हुँदैन । हामीले अदालतबाट मात्रै त्यो गलत कामविरुद्ध रोक्न सक्छौँ, म यो दाबी अघि सारिरहेको छु’, उनले लेखेका छन् ।
दुवै कानुनी दाबीले द कम्पिटिसन अपिल ट्रिब्युनल अदालतलाई उनीहरुको दाबी प्रमाणीकरण गर्न आग्रह गरेका छन् । यसको मतलब सम्बन्धित प्रकाशकले अन्यथा नचाहेमा स्वतः यो मुद्दामा समावेश हुन पाउनेछन् । अमेरिकामा क्लास एक्सनका रुपमा लिइने यी मुद्दा सामूहिक दाबीमा पर्छन् । जुन सन् २०१५ मा बेलायतमा मात्र सम्भव भएको थियो । किनकि यो पूरै समूह वा वर्गको तर्फबाट अघि सारिएको थियो । यसको क्षति निकै ठूलो हुनसक्छ ।
यता गुगलले भने आफ्नो विज्ञापन टुल्स र एडटेकका अरु धेरै प्रतिस्पर्धीले दशौँ लाख वेबसाइट र एपहरुलाई तिनको कन्टेन्ट दिन मद्दत गरेको बताउँदै यसले सबै आकारका व्यवसायलाई नयाँ ग्राहकसम्म प्रभावकारी रुपले पु-याउने बताएको छ । सीएमएले गुगलले एडटेकको मुख्य तीन क्षेत्रमा ठूलो दाताको स्वामित्व लिएको पाए पनि कम्पनीले आफ्ना धेरै प्रतिस्पर्धी रहेको कुरालाई मिलाएको छ । गुगलले आफ्नो एडटेक शुल्क साह्रै थोरै भएको उल्लेख गरेको छ । तर जनवरीमा हालिएको मुद्दामा अमेरिकी न्याय विभागले गुगललाई उद्योगै निल्नलागेको आरोप लगाएको थियो ।
उसले प्रकाशकले प्रयोग गरेको उच्च प्रविधि टुल्सको फराकिलो क्षेत्र नियन्त्रणका लागि प्रणालीगत अभियानमा सहभागी भएर एडटेक उद्योगमा वैध प्रतिस्पर्धालाई भ्रष्ट बनाएको बताएको थियो ।
मंगलबार गुगलले अदालतलाई उक्त मुद्दा खारेज गर्न माग गरेको छ । अमेरिकी सरकारले बजारमाथिको आफ्नो पकडलाई अमेरिकी सरकारले बढी जोड दिएको गुगलको तर्क छ । सन् २०२१ मा फ्रान्सेली प्रतिस्पर्धा नियामक अटोराइट डे ला कन्करेन्सले गुगललाई अनलाइन विज्ञापन क्षेत्रमा आफ्नै सेवा रुचाउने भूमिका खेलेको भन्दै २२ करोड युरो जरिवाना तिराएको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया