Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार५ वर्षभित्र दक्षिण एसियामा ५० हजार आईसीटी प्रतिभा विकास गर्दै हुवावे

५ वर्षभित्र दक्षिण एसियामा ५० हजार आईसीटी प्रतिभा विकास गर्दै हुवावे


ढाका । प्रविधि कम्पनी ह्वावेले आगामी पाँच वर्षभित्र दक्षिण एसियामा ५० हजार आईसीटी ट्यालेन्ट विकास गर्ने भएको छ । यो रणनीतिभित्र आईसीटी एकेडेमी, फरक आईसीटी र स्टार्टअप प्रतिस्पर्धा, अनलाइन कोर्स सञ्चालन, ताजा जनशक्ति नियुक्तिजस्ता विभिन्न प्रकारका कार्यक्रमहरु समावेश रहेको कम्पनीले जनाएको छ ।

दक्षिण एसियामा रहेको कम्पनीको प्रतिनिधि कार्यालयमा आयोजित ‘बिल्डिङ अ स्मार्ट ट्यालेन्ट इकोसिस्टम, इन साउथ एसिया, फर साउथ एसिया’ नामक एक कार्यक्रममा कम्पनीले उक्त योजना सार्वजनिक गरेको हो ।

कार्यक्रममा दक्षिण एसियाका पत्रकार तथा ह्वावेका प्रतिनिधिहरु उपस्थित थिए । कार्यक्रममा ह्वावेका दक्षिण एसिया जनसम्पर्क विभाग तथा बंगलादेशका निर्देशक युयिङ कार्लले योजनाबारे बताएका थिए ।

भर्खरैमात्र कम्पनीले बंगलादेशको ढाकामा आफ्नो दक्षिण एसिया प्रतिनिधि कार्यालय स्थापना गरेको थियो । यसमा नेपाल, श्रीलंका, माल्दिभ्स, भुटान र बंगलादेश समावेश छन् । यो ह्वावे एसिया प्रशान्त क्षेत्रको उपक्षेत्रीय सेग्मेन्ट हुने कम्पनीले उल्लेख गरेको छ । यसको उद्देश्य यस क्षेत्रमा ग्राहक, साझेदार र इकोसिस्टमका लागि उत्कृष्ट मूल्य सिर्जना र यहाँ सहयोग पु¥याउनु रहेको कम्पनीले उल्लेख गरेको छ ।

ह्वावेले प्रतिभा विकासलाई विशेष महत्व दिएको छ । गत वर्ष दक्षिण एसियामा ह्वावेले छ हजार बढी आईसीटी प्रतिभा विकास गरेको र अबको पाँच वर्षमा यसलाई ५० हजार पु-याउने उल्लेख गरेको छ । पछिल्लो धेरै वर्षयता दक्षिण एसियामा कम्पनीले सिड्स फर द फ्युचर नामक कार्यक्रम समेत गर्दै आएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया