Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकामा २ लाख ३६ हजार रोजगारी थप

अमेरिकामा २ लाख ३६ हजार रोजगारी थप


वासिङटन । अमेरिकी नीति निर्माताहरूले मुद्रास्फीतिविरुद्धको लडाइँलाई अघि बढाउँदा अर्थतन्त्र क्रमशः सुधार हुँदै गएको संकेतहरू थपिएको शुक्रबार सार्वजनिक अमेरिकी सरकारी तथ्यांकले देखाएको छ ।

श्रम विभागका अनुसार मार्चमा दुई लाख ३६ हजार रोजगारी थपिएको छ भने बेरोजगारी दर ३.५ प्रतिशतमा झरेको छ । उत्पादन क्षेत्र कमजोर रहेको अवस्थामा निजी रोजगारी सिर्जना र सेवा गतिविधि पनि सहज भएको छुट्टाछुट्टै प्रतिवेदनले देखाएको केही दिनपछि यो तथ्यांक आएको हो ।

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको भविष्यको ब्याज दर निर्णयहरूमा यसको सम्भावित प्रभावको लागि श्रम बजार तथ्यांकलाई नजिकबाट हेरिएको छ  । तर नवीनतम तथ्यांकहरू दर वृद्धिमा विरामका लागि पर्याप्त छन् भन्ने स्पष्ट भइसकेको छैन । तथ्यांकअनुसार अमेरिकाको प्रतिघण्टा औसत आम्दानी ०.३ प्रतिशतले बढेर ३३.१८ डलर पुगेको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया