Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबंगलादेशको गरिबी दर १८ प्रतिशतमाथि

बंगलादेशको गरिबी दर १८ प्रतिशतमाथि


ढाका । कोभिड–१९ महामारी र भूराजनीतिक जोखिमका बाबजुद बंगलादेशको गरिबी दरसन् २०२२ मा १८.७ प्रतिशतमा झरेको छ । सिन्ह्वाका अनुसार सन् २०१६ को २४.३ प्रतिशतबाट गत वर्ष १८.७ प्रतिशतमा झरेको बंगलादेश तथ्यांक ब्यूरो (बीबीएस) को पछिल्लो तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांक एजेन्सीले बुधबार आफ्नो पारिवारिक आय र व्यय सर्वेक्षण सार्वजनिक गर्दै बंगलादेशको चरम गरिबी दर घटेर ५.६ प्रतिशतमा झरेको उल्लेख गरेको छ । यसअघि सन् २०१६ मा गरिएको सर्वेक्षणले गरिबीदर २४.३ प्रतिशत र चरम गरिबी दर १२.९ प्रतिशत रहेको देखाएको थियो ।

योजनामन्त्री एमए मन्नानले कोभिड–१९ महामारी र रुस–युक्रेन द्वन्द्वले बंगलादेशको उपलब्धिमा ठूलो धक्का लाग्ने चिन्ताका बाबजुद दक्षिण एशियाली मुलुकको गरिबी दरमा उल्लेखनीय गिरावट आएको बताए । यद्यपि, विज्ञहरूले यसअघि महामारीको समयमा कम्तीमा दुई करोड मानिस गरिबीको रेखामुनि झरेका गरिबी निवारणमा बंगलादेशको सफलताको ५० वर्षपछि पुगेको बताएका थिए ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया