विश्व बैंकद्वारा बंगलादेशका लागि एक अर्ब २५ करोड डलर सहयोग स्वीकृत
ढाका । विश्व बैंकले सन् २०२३ देखि २०२७ सम्मका लागि बंगलादेशका लागि तीन वटा नयाँ परियोजनामा १.२५ अर्ब अमेरिकी डलर बराबरको वित्तीय सहयोग स्वीकृत गरेको छ ।
सिन्ह्वाका अनुसार बैंकले पोषण, उद्यमशीलता र उत्थानशीलताका लागि कृषि तथा ग्रामीण रूपान्तरण कार्यक्रम (पार्टनर) नामक परियोजनाका लागि ५० करोड रुपैयाँ उपलब्ध गराउने जनाएको हो । बैंकले अन्य ५० करोड हरित र जलवायु उत्थानशील विकास ऋणको रूपमा पठाउने जनाएको छ ।
सहयोगले लघु उद्यम क्षेत्रलाई अधिक गतिशील, कम–प्रदूषणकारी, संसाधन–कुशल र जलवायु प्रभावित क्षेत्रका लागि मद्दत गर्न लघु उद्यममा एक परियोजनाको लागि दुई बरोड ५० लाख स्वीकृत गरेको छ ।
‘यो कन्ट्री पार्टनरसिप फ्रेमवर्क (सीपीएफ) विश्व बैंक समूह र बंगलादेशबीचको पाँच दशक लामो बलियो साझेदारीमा आधारित छ’, बंगलादेश र भुटानका लागि विश्व बैंकका क्षेत्रीय निर्देशक अब्दुलाय सेकले भने । ‘बंगलादेशले अझ बढी समृद्ध बन्ने लक्ष्य लिएकाले उच्च मध्यम आय भएको देशको आवश्यकता पूरा गर्नका लागि बलियो संस्था र नीतिको आवश्यकता पर्नेछ । सीपीएफले रोजगारी प्रदान गर्न र समावेशीकरण र लचिलोपनलाई समर्थन गर्न सरकारको सुधार कार्यक्रमहरूलाई समर्थन गर्नेछ’, सेकले भने ।
‘बंगलादेश विश्वको उत्कृष्ट विकास वृद्धिको कथामध्ये एक हो । थप विविध र प्रतिस्पर्धी निजी क्षेत्रको विकासलाई गति दिन थप सुधारले निर्यात बढाउनेछ र गुणस्तरीय रोजगारी सिर्जना गर्नेछ’, बंगलादेश, नेपाल र भुटानका लागि अन्तर्राष्ट्रिय वित्त निगमका कन्ट्री म्यानेजर मार्टिन होल्टम्यानले भने ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया