सन् २०२२ मा ईयूको रोजगारी दर ७५ प्रतिशत
ब्रसेल्स । सन् २०२२ मा युरापेली संघ (ईयू) को २० देखि ६४ वर्ष उमेर समूहका ७५ प्रतिशत (१९ करोड ३५ लाख) युवाले रोजगारी पाएका ईयूले जनाएको छ ।
यो सन् २००९ मा रोजगारी दर रेकर्ड गर्न शुरू भए यताकै सबैभन्दा बढी हो । कोभिड–१९ महामारीका कारण सन् २०२० मा रोजगारीको दर ७२ प्रतिशतमा झरेको थियो । तर, सन् २०२१ मा यो दर ७३ प्रतिशतमा पुगेको र सन् २०२२ मा थप २ प्रतिशत विन्दुले वृद्धि भएको हो ।
ईयू देशहरूमध्ये, ११ मा रोजगार दर ७८ प्रतिशतभन्दा माथि रहेको बताइएको छ । सामाजिक अधिकारको युरोपेली स्तम्भको २०३० कार्य योजनामा निर्धारित तीन लक्ष्यहरूमध्ये एक, नेदरल्याण्ड्समा (८३ प्रतिशत), स्विडेन र इस्टोनियामा ( ८२ प्रतिशत) सहित उच्चतम अवस्थामा छ । ईयू सदस्य राष्ट्रमध्ये सबैभन्दा कम रोजगारी दर इटालीमा ६५ प्रतिशत, ग्रिसमा ६६ प्रतिशत र रोमानियामा ६९ प्रतिशत रहेको देखिएको छ ।
सन् २०२२ मा ईयूको अधिक योग्यता दर २२ प्रतिशत रहेको थियो, जसमा पुरुष २१ प्रतिशत र महिला २३ प्रतिशत थियो । ईयू मुलुकमध्ये स्पेनमा सबैभन्दा बढी (३६ प्रतिशत), ग्रीस र साइप्रस दुवैमा ३२ प्रतिशत अधिक योग्यता दर रहेको छ । अधिक योग्यता दर लक्जेम्बर्गमा ७ प्रतिशत, स्वीडेन, डेनमार्क, हङ्गेरी र चकोस्लोभाकिया हरेकमा १४ प्रतिशत अर्थात् सबैभन्दा कम अधिक योग्यता दर देखिएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया