ड्रोन आक्रमणबाट पुटिनको हत्या प्रयास गरेको रुसको आरोप
मस्को । रुसले युक्रेनमाथि राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या प्रयास गरेको आरोप लगाएको छ । ड्रोन प्रयोग गरी हत्या प्रयास गरिएको रुसले आरोप लगाएको हो ।
मध्यमस्कोस्थित क्रेमलिनको पुटिन आवासमा ड्रोनमार्फत आक्रमण भएको रुसी दाबी छ । रुसी राष्ट्रपतिको कार्यालयले अघिल्लो रातभरिमा दुईवटा ड्रोन खसालेको पुटिनका प्रवक्ताले बताएका छन् ।
सामाजिक सञ्जालमा पनि क्रेमलिनको राष्ट्रपतीय निवासमाथि ड्रोन उडेको र विस्फोट भएको दृश्य भाइरल बनिरहेको छ । तर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने यस घटनामा युक्रेन संलग्न नरहेको भन्दै आरोपको खण्डन गरेका छन् ।
‘हामी पुटिन वा मस्कोमाथि आक्रमण गर्दैनौँ, हामी हाम्रै भूभागका लागि मात्रै लड्छौँ । हामी हाम्रो सहर र गाउँको रक्षा गरिरहेका छौँ’, फिनल्यान्डमा भ्रमणका क्रममा रहेका उनले भनेका छन् । एक युक्रेनी राष्ट्रपतिका सल्लाहकारले भने युक्रेनमाथि ठूलो आक्रमण गर्न रुसले निहुँस्वरुप आफैँले घटना घटाएको बीबीसीसँग बताएका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया