Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचार्ल्स तृतीयद्वारा राजमुकुट ग्रहण

चार्ल्स तृतीयद्वारा राजमुकुट ग्रहण


काठमाडौं, चार्ल्स तृतीयले वेस्टमिन्स्टर एबीमा आयोजित विशेष समारोहबीच राजमुकुट ग्रहण गरेका छन् । उनलाई क्यान्टरक्युरी जस्टिन वेलबाईका आर्कशपले सेन्ट एड्वार्डज क्राउन शनिबार बेलायती नरेश चार्ल्सको शिरमा राज्याभिषेक समारोहबीच पहिरिएका छन् ।

राजा चार्ल्स तृतीय यो राजमुकुट पहिरिने सातौँ शासक हुन । यसअघि चार्ल्स द्वितीय, जेम्स द्वितीय, विलियम तृतीय, जोर्ज पञ्चम, जोर्ज छैटौँ अनि एलिजाबेथ द्वितीयाले यो मुकुट पहिरिएका थिए।

उक्त राजमुकुट पछिल्लो पटक सन् १९५३ मा महारानी एलिजाबेथले उनको राज्याभिषेकमा पहिरिएका थिए । सोही समारोहमा आर्कविशपले रानी कमिलालाई ‘क्वीन मेरीज’ नामक ताज पहि¥याइदिएका थिए।

उक्त मुकुट पहिले जोर्ज पञ्चमको राज्याभिषेकका बेला रानी मेरीका निम्ति बनाइएको थियो । वेस्टमिन्स्टर एबीमा विम्बहरूले भरिएको र सङ्गीतमय प्रस्तुतिमाझ राज्याभिषेकको विस्तृत समारोहमा त्यसअघि चाल्र्स तृतीयले राजाका दायित्व पूरा गर्ने शपथ लिएका थिए ।

समारोहमा मुस्लिम, यहुदी, सिख र बौद्ध समुदायका प्रतिनिधिहरू सहभागी थिए जहाँ बाइबलको एक अंश वाचन गरिएको थियो । सरकार प्रमुखको रूपमा बाइबलका पवित्र श्लोकहरू बेलायती प्रधानमन्त्री ऋषि सुनकले बाचन गरेका थिए । उनी हिन्दू हन ।

पत्नी रानी कमिलाका साथ राजा चार्ल्स बकिङ्घम दरबारबाट उक्त समारोहका लागि निस्कँदा मध्य लन्डनका सडकमा मानिसहरूको भिडले स्वागत उनीहरूको स्वागत गरेको थियो । सवारीका समय शहरको सुरक्षालाई मध्यनजर गर्दै झण्डै १२ हजार प्रहरी अधिकारीलाई तैनाथ गरिएको थियो ।

राज्याभिषेकको परेडलाई प्रत्यक्षरूपमा हेर्न मानिसहरू अनुकूल स्थान सुनिश्चित गर्नका लागि विहान सबेरैदेखि सडकमा कुरेर बसेका थिए ।

वेस्टमिन्स्टर एबीमा करिब २ घण्टा लामो राज्याभिषेक समारोहपछि उनीहरू पहिले आएकै मार्गबाट बकिङ्घम दरबारतर्फ जानेछन् । (समाचार एजेन्सीबाट)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया