Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबैंकिङ संकटका बीच अमेरिकामा रोजगारी बलियो

बैंकिङ संकटका बीच अमेरिकामा रोजगारी बलियो


अमेरिका । गत महिना संयुक्त राज्य अमेरिकामा रोजगारीको अवस्था बलियो देखिएको छ । पछिल्लो समय बैंकिङ क्षेत्रमा संकटका बीच गत महिना अमेरिकामा दुई लाख ५३ हजार रोजगारी सिर्जना भएको हो ।

जुन धेरै विश्लेषकले आशा गरेभन्दा बढी भएको बीबीसीले जनाएको छ । उच्च सापटी लागतको प्रभाव र बैंकिङ क्षेत्रको संकटका बीच रोजगारी क्षेत्र बलियो देखिएको हो । बेरोजगारी दर समेत घटेर ३.४ प्रतिशतमा फर्किएको बताइएको छ । यसले अमेरिकी श्रम बजारले सघाएको देखिएको छ । अमेरिकी केन्द्रीय बैंकले अर्थतन्त्र सन्तुलनमा ल्याउन आक्रामक प्रयास गरेको थियो । फेडेरल रिजर्भले एक वर्षयता आफ्नो मानक ब्याजदर झण्डै शून्यबाट पाँचदेखि ५.२५ प्रतिशतको बीचमा उठाएको छ । यो गत वर्ष बढेको मूल्यवृद्धि नियन्त्रणका लागि रहेको थियो । यसले घर तथा गाडी किन्नेलाई भने महँगो पर्न गएको थियो । शुक्रबार सार्वजनिक रिपोर्टअनुसार श्रम विभागले फेब्रुअरी र मार्चमा श्रम बजार कमजोर बनिरहेको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया