Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारइरानमा ग्यास उद्योगमा हड्ताल गर्ने आठ जना पक्राउ

इरानमा ग्यास उद्योगमा हड्ताल गर्ने आठ जना पक्राउ


इरानको एक प्रमुख ग्यास उद्योगमा मजुरको हड्तालको नेतृत्व गरेको आरोपमा आठ जना पक्राउ परेका छन् । स्थानीय सञ्चारमाध्यमहरुले आइतबार साउद पार्स परियोजनामा कामदारको हडतालको नेतृत्व गर्ने आठ जनालाई गुप्तचर निकायले पक्राउ गरेको जनाएका छन् । यो कतारसँगको साझेदारीमा सञ्चालित विश्वको सबैभन्दा ठूलो ग्याँस उत्पादन उद्योग हो । साउथ पार्स÷नर्थ डोम मेगा फिल्डमा करिब ४० हजार मानिसले काम गर्छन् ।

उद्योगमा हड्ताल गर्न उक्साएको आरोपमा त्यहाँको सरकारले विभिन्न आठ कम्पनी र सबकन्ट्रयाक्टरलाई कालोसूचीमा राखेको छ । श्रमिकहरु राम्रो ज्याला र काम गर्ने वातावरणको माग गर्दै हडतालमा उत्रिएका थिए । सो ग्यास उद्योगले हड्तालमा सहभागी चार हजार कामदारहरुलाई प्रतिस्थापन गर्ने बताइसकेको छ । तर पनि श्रमिकहरुले आफ्नो माग जारी राख्दै हड्ताल गर्न छाडेका छैनन् । उनीहरुले आफ्नो ज्याला ७९ प्रतिशतले बढाउन माग गरेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया