एलन मस्कको यू–टर्न
टेक्सस । विज्ञापनका कट्टर विरोधी एलन मस्कले टेस्लाको विज्ञापन गर्ने बताएका छन् । मस्कको विद्युतीय सवारीसाधन निर्माता कम्पनी टेस्लाले इतिहासमै पहिलो पटक आफ्नो विज्ञापन गर्दैछ ।
यो कुरा मस्कले मंगलबार टेक्ससमा आयोजित वार्षिक साधारणसभामा सेयरधनीलाई बताएका हुन् । उनले विज्ञापन गरेर बिक्री बढाउन कोसिस गरिने र यसको नतिजा कस्तो आउँछ भनेर हेरिने बताएका छन् ।
मस्कले ट्विटर किनेपछि विज्ञापनबारे धारणा फेरिएको विश्लेषण गरिएको छ । किनभने मस्कले किन्नुभन्दा अगाडि ट्विटरको ९० प्रतिशत आम्दानी विज्ञापनबाटै हुन्थ्यो । यही कारण अहिले मस्कले पनि विज्ञापन आवश्यक भएको बताउन थालेका हुन् ।
सामाजिक सञ्जाल प्लेटफर्म विज्ञापनहरुमा अत्यधिक निर्भर रहने भएकाले उनले टेस्लाको विज्ञापन ट्विटरमा गर्न खोजेको देखिन्छ । उनले सभामा सबैले विज्ञापन गर्नुपर्ने धारणा राखेका छन् । उनको यो भनाइप्रति साधारणसभामा सहभागी सबै सकारात्मक देखिएका छन् ।
मस्कले आफू टेस्लाको सीईओको रुपमा रहिरहने बताए । मस्कले सभामा अन्य विषयवस्तु प्रस्तुत गर्नुभन्दा बढी विज्ञापनको कुरा गर्दा उत्साहित थिए ।
यसअघि मस्कले आफ्ना सवारीसाधनको माग धेरै रहेकोले विज्ञापनको आवश्यकता नरहेको बताउने गरेका थिए । उनले विज्ञापन गर्ने पैसा उत्पादन राम्रो बनाउन खर्च गर्ने बताउँदै आएका थिए । मस्कले बढ्दो प्रतिस्पर्धा र सुस्त अर्थतन्त्रले टेस्लालाई मूल्य घटाउन बाध्य बनाएको पनि बताए ।
चर्किँदै गएको प्रतिस्पर्धा, बढ्दो ब्याजदरलगायतका कारण टेस्लाले यस वर्ष सवारीसाधनको मूल्य घटाएको थियो । मूल्य घटाउनुपर्दा नाफा खुम्चिएको छ । तर पनि मस्कले आगामी वर्षभित्र थप दुई नयाँ उत्पादन ल्याउने घोषणा गरेका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया