Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारश्रीलंकाले तीन सय वस्तुको आयात प्रतिबन्ध हटायो

श्रीलंकाले तीन सय वस्तुको आयात प्रतिबन्ध हटायो


कोलम्बो । श्रीलंकन सरकारले विभिन्न तीन सय वस्तुको आयातमा लगाउँदै आएको प्रतिबन्ध हटाएको छ । शुक्रबारदेखि लागू हुनेगरी विद्युतीय उपकरण, सरसफाइसम्बन्धी उपकरण, खाद्य सामग्रीसहित तीन सय बढी वस्तुको आयात खुकुलो बनाएकोे हो ।

विदेशी मुद्रा सञ्चिति सिद्धिएपछि श्रीलंका सरकारले सन् २०२२ को अगष्टदेखि एक हजार चार सय ६५ वस्तुको आयात प्रतिबन्ध गरेको थियो । तीमध्ये आठ सयभन्दा बढी वस्तुमा लगाएकोे प्रतिबन्ध यसअघि नै फुकुवा गरेको थियो ।

सरकारी तथ्यांकअनुसार सन् २०२२ मा श्रीलंकाको कुल आयात १८ अर्ब अमेरिकी डलरबराबर रहेको छ । जुन सन् २०१४ को तुलनामा ११ दशमलव चार प्रतिशतले कमी हो । सरकारले धेरै वस्तुमा आयात प्रतिबन्ध लगाएपछि सन् २०२२ मा आयात केही घटेको हो ।

श्रीलंकाका वित्त राज्यमन्त्री रञ्जित स्याम्बालापिटियाले अमेरिकी डलरको उपलब्धतामामा सुधार हुँदै गएकाले आयात प्रतिबन्धलाई फुकुवा गर्ने निर्णय भएको बताएका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया