चिनियाँ र अमेरिकी कूटनीतिज्ञबीच फोन वार्ता
अमेरिका। विश्वका दुई ठूला अर्थतन्त्रबीच तनाव तीव्ररूपमा बढेका बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र चिनियाँ विदेशमन्त्री छिन कङले बुधबार टेलिफोन वार्ता गरेका छन् । यो हालैको कूटनीतिक गतिविधिमा भएको उच्चस्तरीय वार्ता हो ।
ताइवानलाई लिएर अमेरिका र चीनबीच द्वन्द्व हुनेगरेको छ । बेइजिङले आवश्यक परे ताइवानलाई बल प्रयोग गरेर कब्जा गर्नसक्ने चेतावनी दिँदै आएको छ । यसअघि अमेरिकी विदेशमन्त्रीको फेब्रुवरीमा हुने भनिएको नियोजित भ्रमण अचानक रद्द भएपछि आपसी मनोमालिन्यलाई शान्त पार्ने उद्देश्यले दुई देशका शीर्ष कूटनीतिज्ञले वार्ता गरेका हुन् । आगामी आइतबार अमेरिकी विदेशमन्त्री बेइजिङ पुग्दै छन् ।
यो वर्षको प्रारम्भदेखि नै चीन र अमेरिकाबीचको सम्बन्ध नयाँ कठिनाइ र चुनौतीबाट गुज्रिरहेको चिनियाँ विदेशमन्त्रीले वार्तामा बताएका थिए । चिनियाँ विदेश मन्त्रालयका अनुसार राष्ट्रपति सी चिनफिङले अगाडि सारेको पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुवै पक्षलाई मान्य हुने सहयोगको सिद्धान्तअनुसार चीन–अमेरिका सम्बन्धलाई सुदृढ बनाउने चिनियाँ चाहना विदेशमन्त्रीले दोहो-याएका थिए ।
अमेरिकी विदेश मन्त्रालयले पनि विदेशमन्त्री ब्लिन्केनले विश्व मामिलाका साथै आपसी सम्बन्धलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्ने, द्वन्द्वबाट बच्ने तथा चीनसँगको संवाद र सञ्चारलाई खुला राख्ने विषयमा आफ्ना चिनियाँ समकक्षीसँग विचारविमर्श गरेको बताएको छ । रासस
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- बिआरआईअन्तर्गत सरकारले ऋण नलिने: सञ्चारमन्त्री
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
- सिप्रदीको म्याक स्टार नाइट कार्यक्रम
- टिकटक र चाइल्ड सेफनेटको सहकार्य
- बस सेवाको शतप्रतिशत क्यासब्याक अफर
- ‘ब्ल्याक सार्क’ नेपाल भित्रिने अन्तिम तयारीमा
- (रास्वपा)का नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय शर्मा र निरौलाको संयुक्त इजलासमा
- ज्योति विकास बैंक सम्मानित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया