Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारलगातार तीन साता बढ्यो टेस्लाको सेयरमूल्य

लगातार तीन साता बढ्यो टेस्लाको सेयरमूल्य


अमेरिका । अमेरिकी विद्युतीय कार निर्माता टेस्लाको सेयरमूल्य तीन सातासम्म लगातार बढेको छ । मे महिनाको २५ तारिखमा एक सय ८४ डलर प्रतिकित्ता रहेको टेस्लाको सेयरमूल्य जुन १४ को सुरुवाती कारोबारसम्म दुई सय ६० डलर पुगेको थियो । मंगलबार एकैदिन टेस्लाको सेयरमूल्य तीन दशमलव ५५ प्रतिशतले बढेर दुई सय ५८ डलर पुगेको छ । तीन सातामा टेस्लाको बजार पुँजीकरण करिब साढे दुई सय अर्ब अमेरिकी डलरले बढेको छ ।

टेस्लाको सेयरमूल्य सन् २०२३ यता नै लगातारजसो बढ्दै गएको छ । यस वर्षको छ महिनामा मात्रै एक सय ३९ प्रतिशतले सेयरमूल्य बढेको छ ।

टेस्लाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा गरेको विकासका कारण मानिसहरूको विश्वास बढेको लगानीकर्ताकोे बुझाइ छ । एआईको विकासले सेल्फ–ड्राइभिङ कार निर्माण गर्ने मस्कको योजनामा सघाउ पुग्ने देखिएपछि सेयरबजारमा असर परेको हो ।

यस्तै टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले वार्षिक साधारणसभामा अब टेस्लाले विश्व बजारमा विज्ञापन गर्ने बताएपछि यसको बिक्री बढ्न गई नाफा बढ्ने अनुनमान पनि लगानीकर्ताले गरेका छन् । यसैको असर सेयरभाउमा परेको हो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया