ट्विटरले अब भिडियोमा फोकस गर्ने
वासिङ्टन । ट्विटरले डिजिटल विज्ञापनमा मात्र केन्द्रित नभई व्यवसाय वृद्धि गर्न भिडियो निर्माण र वाणिज्य साझेदारीमा ध्यान केन्द्रित गर्नेभएकोे छ । ट्विटरका मालिक एलोन मस्क र नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) लिन्डा याकारिनोले लगानीकर्ताहरूलाई यसबारे प्रस्तुति दिएका छन् ।
सीईओ याकारिनोले बिहीबार ट्विटरका लगानीकर्तालाई यो योजनाबारे राजनीतिक, मनोरञ्जनका व्यक्तिहरू, भुक्तानी सेवाहरू, समाचार र मिडिया प्रकाशकहरूसँग सम्भावित साझेदारीको बारेमा प्रारम्भिक वार्तालाप गरिरहेको जानकारी दिएकी छन् । स्रोतका अनुसार याकारिनो सीईओ बनेपछि लगानीकर्तालाई सम्बोधन गरेको यो नै पहिलो पटक थियो ।
मस्कले अक्टोबरमा ट्विटर प्राप्ति गरेपछि, हजारौँ कर्मचारीहरू हटाउने, मध्यस्थता र विज्ञापनहरू अनुपयुक्त सामग्रीको छेउमा राखेको भनेर विज्ञापनदाताहरूले असन्तुष्टि जनाएका थिए । केही विज्ञापनदाताले विज्ञापन नै दिन छाडेका थिए ।
मस्कले सीईओमा याकारिनोलाई नियुक्ति दिनुको पछाडि मनारेञ्जन र समाचार समूहको विज्ञापन बिक्रीलाई आधुनिकीकरण गर्ने संकेतको रूपमा लिइएको थियो ।
केही विज्ञापनदाताहरूले आ–आफ्ना ग्राहकलाई मस्कको अधिग्रहणपछि ट्विटरमा विज्ञापन खर्च रोक्न सिफारिस गरेका थिए । अहिले ती सिफारिसहरू उल्टाइएका छन् र कुनै पनि प्रमुख विज्ञापन होल्डिङ कम्पनीहरूले हाल विज्ञापन रोक्न सिफारिस गर्न छाडेका छन् ।
वार्नर ब्रोस, मोन्डेलेज, म्यकडोनाल्ड्स र वालमार्टलगायत चर्चित ब्रान्डहरूले प्रारम्भिक रोकाइपछि ट्विटरमा विज्ञापन पुनः सुरु गरेका छन् । सीईओ याकारिनोले लगानीकर्ताहरूलाई अहिले स्वास्थ्य, उपभोक्ता प्याकेज गरिएका सामानहरू र वित्तीय सेववाहरूसहित वार्षिक विज्ञापन खर्च ४० प्रतिशत हाराहारी पारेको बताइन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- बदलिँदै दुर्गमको परिचय
- चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
- सेती नदीको पुल निर्माण: २८ प्रतिशत भौतिक प्रगति
- चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
- आज पनि सुनको मूल्य घट्यो
- मुक्तिनाथ विकास बैंकका ग्राहकलाई जेनो फार्मेसी र निरभाना फिजियोथेरापीमा छुट
- गरिमा रोड रेस कम्पिटिसन सम्पन्न
- भुक्तानी प्रदायक कम्पनीलाई कर्मचारीबाट खतरा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया