Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारब्याजदर थप बढाउने तयारीमा अमेरिकी केन्द्रीय बैंक

ब्याजदर थप बढाउने तयारीमा अमेरिकी केन्द्रीय बैंक


अमेरिका । अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भ (फेड)का अध्यक्ष जेरोम पावेलले ब्याजदर अझै बढ्नसक्ने संकेत गरेका छन् । बुधबार ‘हाउस’ र ‘सिनेट’मा उपस्थित भएका पावेलले उच्च मुद्रास्फितिलाई नियन्त्रण गर्न अझै ब्याजदर बढाउनुपर्ने बताएका हुन् ।

केन्द्रीय बैंकले गतसाता ब्याजदर स्थिर राख्ने निर्णय गरेको थियो । केन्द्रीय बैंकको फेडरल ओपन मार्केट कमिटीले त्यसअघि १० पटकसम्म ब्याजदर वृद्धिगरेको थियो । फोडले मार्च २०२२ देखि आफ्नो महत्वपूर्ण कर्जा दरलाई पाँच प्रतिशत अंकले बढाइसकेको छ । अहिले फेड दर पाँच दशमलव २५ प्रतिशत पुगेको छ । २०२२ को मार्चमा यो दर शून्य दशमलव पाँच प्रतिशत थियो । फेडले दुई प्रतिशतभित्र मुद्रास्फीति रहने अनुमानभन्दा माथि पुगेपछि लगातार ब्याजदर बढाएर नियन्त्रण गर्न खोजेको छ । आक्रामक कदमका बावजुद पनि मुद्रास्फीति नियन्त्रणमा आउन सकेको छैन । यसवर्ष अमेरिकाको मुद्रास्फीति दर चार दशमलव शून्य पाँच प्रतिशत पुगेको थियो ।

हाउसको वित्तीय सेवासम्बन्धी समितिका लागि तयार पारिएको टिप्पणीमा उनले भने, ‘एफओएमसीका प्रायः सबै सहभागीहरूले यस वर्षको अन्त्यसम्ममा ब्याज दरलाई केही हदसम्म बढाउनु उपयुक्त हुने अपेक्षा गरेका छन् ।’

मौद्रिक नीतिमा फेडको अर्धवार्षिक प्रतिवेदनमाथि छलफल गर्न अमेरिकी संसदसमक्ष उनको निर्धारित उपस्थितिले नीति निर्माताहरूलाई उच्च ब्याज दर र सुस्त आर्थिक वृद्धिको समयमा बैंकका सबैभन्दा वरिष्ठ अधिकारीलाई प्रश्न गर्ने मौका दिने गरेको छ । सोही व्यवस्थाबमोजिम पावेल बुधबार संसदमा उपस्थित भएका हुन् ।

फेडले यसवर्षको औसत मुद्रास्फीति अपेक्षा तीन दशलमव दुई प्रतिशतमा झरेको र ऊर्जा मूल्य समावेश नगर्दा हुने आन्तरिक मुद्रास्फीति प्रक्षेपण वार्षिक तीन दशमलव ९ प्रतिशतका दरले वृद्धि भएको जनाएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया