टाइटन पनडुब्बीमा भएका मानिस कस्तो जोखिममा
काठमाडौं,पानीमुनि सम्भवतः हजारौँ फिटको गहिराइमा र अक्सिजन सकिँदै गरेको अवस्थामा २२ फिटको साँघुरो पनडुब्बीभित्र चार दिनदेखि बस्न सहज हुँदैन।
टाइटानिक पानीजहाजको भग्नावशेषतर्फ पर्यटकहरू लिएर गएको टाइटन पनडुब्बी र त्यसमा रहेका पाँच जनाको अवस्था अझै अज्ञात छ।
आइतवारदेखि सम्पर्कविहीन उक्त पनडुब्बीमा अब १० घण्टाभन्दा कम समयका लागि पुग्ने अक्सिजन बाँकी रहेको ठानिएका छ। उद्धार गर्ने समय घर्किँदै जाँदा त्यसको खोजी जारी छ।
सेन्ट जोन्सस्थित मेमोरिअल यूनिभर्सिटीसँग आबद्ध हाइपरब्यारिक चिकित्साका विज्ञ डा. केन लिडेजले बीबीसीलाई बताएअनुसार उक्त पनडुब्बीमा सवार मानिसहरूले सामना गर्ने खतरा त्यहाँ श्वास फेर्न योग्य हावा सकिन लाग्नु मात्र होइन।
उक्त वाहनमा विद्यु्त् आपूर्ति बन्द भएको हुनसक्छ। त्यहाँ अक्सिजन र कार्बन डाइअक्साइडको सन्तुलन कायम गर्न बिजुली आवश्यक हुन्छ।
अक्सिजनको मात्रा घट्दा पनडुब्बीमा सवार मानिसहरूले फ्याँक्ने श्वासमा कार्बन डाइअक्साइडको मात्रा बढिरहने छ। त्यसको परिणाम घातक हुनसक्छ।
“कार्बन डाइअक्साइडको मात्रा बढ्दै जाँदा त्यसले लट्ठ बनाउन सक्छ, त्यो बेहोस बनाउने ग्यासजस्तो हुन्छ र तपाईँ निदाउनुहुन्छ।”
मानिसको रगतमा कार्बन डाइअक्साइडको मात्रा निकै धेरै हुनुलाई ‘हाइपरक्याप्निया’ भनिन्छ। समयमै उपचार नभएमा त्यो प्राणघातक बन्न सक्छ।
रोयल न्याभी सबमरीनका पूर्वक्याप्टेन रायन राम्सेले अनलाइनमा उपलब्ध टाइटनभित्रको भिडिओ हेर्दा आफूले कार्बन डाइअक्साइड हटाउने ‘स्क्रबर’ भन्ने प्रणाली नखिएको बताए।
उनी भन्छन्, “मेरो विचारमा त्यो उनीहरूका लागि सबैभन्दा ठूलो समस्या हो।” उक्त पनडुब्बीमा सवार मानिसहरू ‘हाइपोथर्मिआ’ अर्थात् शरीर निकै चिसो समस्याको जोखिममा पनि छन्।
क्याप्टेन राम्सेका अनुसार उक्त पनडुब्बी समुद्रको पीँधमा पुगेको भए पानीको तापक्रम झन्डै शून्य डिग्री सेल्सिअस हुने छ।
पनडुब्बीमा विद्युत् आपूर्ति पनि गुमिसकेको त्यसमा कुनै ऊर्जा उत्पादन हुन सक्दैन र त्यहाँ ताप उत्पन्न हुन सक्दैन।
अक्सिजन अभावमा हुने हाइपोथर्मिया र पनडुब्बीभित्र बढ्ने कार्बन डाइअक्साइडका कारण त्यसभित्र रहेका मानिस र खोज तथा उद्धारकर्तासँग सम्पर्कमा हुने क्षमता घट्नु हो।डा. लिडेज भन्छन्: “यदि उनीहरू अचेत रहेछन् भने सहायताका लागि गुहार माग्न सक्दैनन्।”
टाइटन पनडुब्बी
तटरक्षकहरूले उक्त पनडुब्बीभित्र अक्सिजनको मात्रा घटिरहेको हुनसक्ने चेतावनी दिएका छन्। तर त्यस्तो अवस्थामा त्यसमा रहेका मानिसहरूले कम्तीमा केही समयका लागि आफ्नो आपूर्ति पूरै रोकिनबाट जोगाउन सक्ने उनीहरू बताउँछन्।
राम्सेले बिस्तारै श्वास फेर्ने काम फलदायी हुने बताए। तर पानीमुनि तनावपूर्व अवस्थाले त्यसो गर्न कठिन हुने उनी ठान्छन्।
यदि त्यहाँ विद्युत् आपूर्ति कायम भए उनीहरूले कार्बन डाइअक्साइड सोस्ने पदार्थ छर्न सक्ने वा विद्युत् खपत कम गर्न सक्ने उनले बताए।
यी सबै चुनौतीका बावजुद अक्सिजनको मात्रा निकै कम हुँदा समेत उनीहरू जीवित रहन सक्ने भएकाले खोज तथा उद्धार कार्य रद्द गर्नेबारे सोच्नु नहुने उनको सुझाव छ।
“यदि त्यहाँ कोही जीवित रहन सक्छ भने ती यिनै मानिसहरू हुन्,” डा. लिजेड भन्छन्।
“यो मात्र त्यहाँ ऊर्जा हुनु र देख्नका लागि प्रकाश हुनुसँग र यी कुरा नियन्त्रण गर्नुसँग निर्भर छ, तर साँच्चिकै उनीहरू अझै जीवितै हुनसक्छन्।” (बीबीसी)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- आज पनि सुनको मूल्य घट्यो
- मुक्तिनाथ विकास बैंकका ग्राहकलाई जेनो फार्मेसी र निरभाना फिजियोथेरापीमा छुट
- गरिमा रोड रेस कम्पिटिसन सम्पन्न
- भुक्तानी प्रदायक कम्पनीलाई कर्मचारीबाट खतरा
- कानुन निर्माणमा ढिलाइका कारणहरू
- सहकारी ठगी महारोगमा परिणत
- संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना
- सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया