Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारगर्मीमा धेरै बाहिरी गतिविधिहरू नगर्न आग्रह

गर्मीमा धेरै बाहिरी गतिविधिहरू नगर्न आग्रह


बेइजिङ । चीनको राजधानी बेइजिङका प्रमुख भागहरूमा पछिल्लो समय उच्च तापक्रमको अनुभव भइरहेको भन्दै नगर अधिकारीहरूले विद्यालयहरूलाई बाहिरी गतिविधि आयोजना नगर्न आग्रह गरेका छन् । नगर शिक्षा अधिकारीहरूले स्थानीय विद्यालयहरूलाई विद्यार्थीहरूको भलाइ सुनिश्चित गर्नका लागि धेरै बाहिरी गतिविधिहरू आयोजना नगर्न आग्रह गरेका हुन् ।

शुक्रबार राति, सम्बन्धित अधिकारीहरूले एक सूचना जारी गर्दै विद्यार्थीहरूका लागि बाहिरी गतिविधिहरूको समय परिमार्जन गर्न र उच्च तापमान मौसमको अवधिमा कक्षाहरू कम गर्न वा स्थगित गर्न विशिष्ट उपायहरू सोच्न आग्रह गरेका हुन् । आइतबारदेखि सुरु हुने तीनदिने ड्रागन बोट फेस्टिभलको बिदापछि विद्यालयहरूलाई चर्को गर्मीका कारण विद्यार्थीहरूका लागि धेरै ‘आउटडोर’ गतिविधिहरू आयोजना नगर्न सल्लाह दिइएको सूचनामा उल्लेख छ ।

बेइजिङले शुक्रबार उच्च तापक्रमका लागि ‘रेड अलर्ट’ जारी गरेको छ । चीनको सावधानी प्रणालीमा यो सबैभन्दा कडा चेतावनी हो । सहरको मौसम विज्ञान केन्द्रले यसअघि गरेको पूर्वानुमानअनुसार बेइजिङका अधिकांश क्षेत्रमा शुक्रबारदेखि आइतबारसम्म अधिकतम तापक्रम ३७ देखि ४० डिग्री सेल्सियससम्म रहने अनुमान गरिएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया