मस्कोमा सुरक्षा व्यवस्था कडा
मस्को । रूसमा वाग्नर लडाकू समूहले सशस्त्र विद्रोहको प्रयास गरेको भन्दै रूसी रक्षा मन्त्रालयले उक्त समूहलाई शनिबार आत्मसमर्पण गर्न आग्रह गरेको छ ।
‘हामी तपाईंलाई विवेकशील हुन र रूसी रक्षा मन्त्रालय वा कानुन प्रवर्तन एजेन्सीका प्रतिनिधिहरूसँग जतिसक्दो चाँडो सम्पर्कमा आउन आग्रह गर्दछौँ । हामी सबैको सुरक्षाको प्रत्याभूति दिनेछौँ’, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
रूसी संघीय सुरक्षा सेवाको जनसम्पर्क केन्द्रले वाग्नर निजी सैन्य समूहका प्रमुख येभगेनी प्रिगोजिनविरुद्ध सशस्त्र विद्रोहका लागि उक्साएको अभियोगमा फौजदारी मुद्दा दायर गरिएको जनाएको छ ।
प्रिगोजिनको टेलिग्राम च्यानलमार्फत विद्रोहको चेतावनीका थुप्रै श्रव्य सामग्री पोस्ट गरिएपछि यो अपिल आएको हो । रूसी समाचार संस्था तासका अनुसार यी रेकर्डिङमा प्रिगोजिनले आफ्नो एकाइमा आक्रमण भएको दाबी गर्दै रूसको सैन्य नेतृत्वलाई आक्रमण गर्ने योजना बनाएको उल्लेख छ ।
यी घटनाहरूपछि मस्कोमा सुरक्षा उपायहरू उल्लेखनीय रूपमा सुदृढ गरिएको छ । अत्यावश्यक सुविधाहरू, राज्यका संस्थाहरू र यातायात पूर्वाधारहरूलाई उच्च सुरक्षामा राखिएको छ र प्रहरी र प्रतिकार्य एकाइहरू उच्च सतर्कतामा राखिएको तास समाचार एजेन्सीले जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- सेती नदीको पुल निर्माण: २८ प्रतिशत भौतिक प्रगति
- चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
- आज पनि सुनको मूल्य घट्यो
- मुक्तिनाथ विकास बैंकका ग्राहकलाई जेनो फार्मेसी र निरभाना फिजियोथेरापीमा छुट
- गरिमा रोड रेस कम्पिटिसन सम्पन्न
- भुक्तानी प्रदायक कम्पनीलाई कर्मचारीबाट खतरा
- कानुन निर्माणमा ढिलाइका कारणहरू
- सहकारी ठगी महारोगमा परिणत
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया