श्रीलंकाले पाँच दिनसम्म वित्तीय बजार बन्द गर्ने
श्रीलंका । श्रीलंकाको सरकारले बिहीबारदेखि पाँच दिनका लागि वित्तीय बजार बन्द गर्ने घोषणा गरेको छ । ५१ अर्ब अमेरिकी डलर ऋण र आन्तरिक ऋणको पुनर्संरचना गर्ने कदम चाल्ने तयारीका लागि बैंक तथा वित्तीय संस्थाको कारोबार बन्द गर्ने घोषणा गरेको हो ।
ऋण पुनर्संरचना योजनालाई अनुमोदन गर्न विधायिकाको विशेष अधिवेशन बोलाउने विषयमा छलफल गर्न मंगलबार बैठक बस्ने बताइएकोे छ । यद्यपि यसबारे सोमबार साँझसम्म टुंगो भइसकेको थिएन । श्रीलंकाले गतवर्ष विदेशी ऋणको किस्ता भुक्तानी गर्न नसकेपछि आर्थिक संकट घोषणा गरेको थियो । तर, मार्च महिनामा आईएमएफसँग ‘बेलआउट प्याकेज’ अनुरूप ऋणको पुनर्संरचना गर्ने सहमति भएको थियो । जसबाट सरकारी ऋणपत्रलाई असर गरेको छ ।
श्रीलंकाका केन्द्रीय बैंकका गभर्नर नन्दलाल वीरासिंघेले ऋण पुनर्संरचनाको बारेमा संसद्मा छलफल भइरहेको बेला वित्तीय बजार खुला रहनु अस्वस्थ हुने बताएका छन् । सरकारी अधिकारीहरूले बिहीबार पर्व बिदा परेका कारण शुक्रबारदेखि बिदा दिन आग्रह गरेका छन् ।
गभर्नर वीरासिंघेले स्थानीय टेलिभिजनसँगको कुराकानीमा संसद्मा संवेदनशील ऋण पुनर्संरचनाको बारेमा छलफल हुँदा वित्तीय बजारले काम गर्न नहुने बताएका हुन् । उनले पाँच दिनभित्र ऋण पुनर्संरचनाको प्रक्रिया पूरा हुने विश्वास व्यक्त गरेका छन् ।
श्रीलंकाले चार वर्षका लागि आईएमएफबाट उद्धार प्याकेजस्वरूप लिएको दुई दशमलव नौ अर्ब अमेरिकी डलरको निरन्तरता दिन पुनर्संरचनाका लागि ऋणदाताहरूसँग वार्ता गरिरहेको छ ।
सरकारले गत अगस्टमा नै वैदेशिक ऋणको पुनर्संरचनाको अपेक्षा गरेको थियो । तर, चीन अनिच्छुक भएपछि रोकिएको थियो । चीनले ऋणको पुनर्संरचना गर्नुको सट्टा पुरानो ऋण तिर्न नयाँ कर्जा प्रस्ताव गरेको थियो । श्रीलंकाको कुल वैदेशिक ऋणमा १४ अर्ब डलरभन्दा बढी विभिन्न मुलुकहरूसँग द्विपक्षीय ऋण छ । जसमा चीनसँग मात्रै ५२ प्रतिशत छ ।
आईएमएफले श्रीलंकालाई आफ्नो खाता सन्तुलित राख्न र आर्थिक संकटबाट बाहिर निस्कन सार्वजनिक ऋणलाई आधाभन्दा बढी घटाउन सुझाव दिँदै आएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- आज पनि सुनको मूल्य घट्यो
- मुक्तिनाथ विकास बैंकका ग्राहकलाई जेनो फार्मेसी र निरभाना फिजियोथेरापीमा छुट
- गरिमा रोड रेस कम्पिटिसन सम्पन्न
- भुक्तानी प्रदायक कम्पनीलाई कर्मचारीबाट खतरा
- कानुन निर्माणमा ढिलाइका कारणहरू
- सहकारी ठगी महारोगमा परिणत
- संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना
- सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया