Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनको बजेटघाटा तीन सय ६७ बिलियन डलर

चीनको बजेटघाटा तीन सय ६७ बिलियन डलर


चीन । चीनको राष्ट्रिय लेखापरीक्षण कार्यालयले सन् २०२२ को अर्थतन्त्रको जाँच प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनले दुई दशमलव ६५ ट्रिलियन युआन अर्थात् तीन सय ६७ बिलियन अमेरिकी डलरको बजेट घाटा भएको उल्लेख गरेको छ । यस्तै, चीन सरकारले खाद्य सुरक्षा, ऊर्जा सुरक्षा र आपूर्ति श्रृङ्खला विकासजस्ता क्षेत्रमा छ सय ४० अर्ब युआन लगानी गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले सन् २०२२ मा केन्द्रीय विभागहरूको समग्र बजेट कार्यान्वयन अपेक्षाकृत समानुपातिक रहेको देखाएको छ । यद्यपि विभागीय अधिकारको उल्लंघन वा गैरकानुनी नाफाका लागि औद्योगिक स्रोतहरू र सम्बन्धित विभागहरूबीच शुल्क माग्नेजस्ता मुद्दाहरू पहिचान गरेको छ । यस्ता क्रियाकलाममा कुल रकम छ सय १९ मिलियन युआन रहेको प्रतिवेदनमा देखाइएकोे छ ।

प्रतिवेदनले स्थानीय उद्यमबाट हुने दुरुपयोगको बारे पनि पहिचान गरेको छ । लेखापरीक्षण कार्यालयले लेखापरीक्षणमा कुनै किसिमको अनियमितता वा गैरकानुनी व्यवहार देखिएमा सम्बन्धित निकायबाट थप अनुसन्धान गरी त्यसलाई सच्याउने बताइएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया