न्यून सञ्चालन खर्चमा बढी प्रतिफल दिने बैंक प्राइम हो
नेपालमा अहिले २७ वटा वाणिज्य बैंकहरुहरु सञ्चालनमा छन् । नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रलाई सबल, सक्षम, व्यवस्थित र सुशासनयुक्त बनाउन मर्जर, प्राप्ति र बिग मर्जरलाई प्रोत्साहन गरिरहेको छ । सोही आधारमा बैंकहरुले पनि राष्ट्र बैंकको उक्त नीतिलाई व्यावहारिक रुपमा उतार्दै आएका छन् । जसको पछिल्लो उदाहरण प्राइम कमर्सियल बैंकले राष्ट्रियस्तरको कैलाश विकास बैंकलाई गरेको प्राप्ति हो । आफ्नो बैंकलाई सबल र सक्षम बनाउन प्राइमले केही महिनाअघि क्षेत्रीयस्तरको कन्काई विकास बैंकलाई प्राप्ति गरेको थियो । आगामी समय ललितपुर फाइनान्सलाई पनि आफूमा समाहित गर्ने प्रक्रिया प्राइमले सुरु गरिसकेको छ । अघिल्ला दुईवटा विकास बैंकहरुलाई प्राप्ति गरेपछि प्राइम वित्तीयरुपमा निकै सबल र सक्षम बन्न सफल भएको छ ।
देशव्यापी शाखा सञ्जाल, चुक्ता पुँजी, निक्षेप तथा कर्जा, पुँजीकोष सबै दृष्टिकोणले प्राइम निजी क्षेत्रद्वारा सञ्चालित ठूला बैंकहरुमध्ये उत्कृष्ट बैंकमा दर्ज हुनपुगेको छ । प्राइमलाई यो अवस्था ल्याउनको लागि बैंकमा कार्यरत कर्मचारीहरु, सेयरधनी, निक्षेप तथा कर्जातर्फका ग्राहक, लगानीकर्ता एवं शुभचिन्तक, नियमनकारी निकाय, सञ्चालन तथा व्यवस्थापन पक्ष सबैको ठूलो हात छ । व्यवस्थापन प्रमुखको रुपमा उभिएका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको कुशल व्यवस्थापकीय क्षमता, बैंकलाई वित्तीयरुपमा सबल बनाउने दूरगामी नीति, सबै कर्मचारीहरुलाई संस्थाप्रति बफादार बनाएर राख्नसक्ने क्षमताले काम गरेको छ । सोही भूमिका निर्वाह गर्ने प्रमुख कार्यकारी मानन्धरसँग आर्थिक दैनिकका लागि सुरेश राउतले लिएको अन्तर्वार्ताको सम्पादित अंश :
प्राइम बैंकले वित्तीयरुपमा अहिले निकै फराकिलो बाटो तय गरिसकेको छ, यो बीचमा बैंकको वित्तीय अवस्था कस्तो छ ?
हामी कहिले पनि वित्तीयरुपमा अन्य बैंकहरुजस्तो आक्रामक भएनौँ । हाम्रो नियमित वृद्धिलाई कायम राख्दै सफलताको खुट्किला चढ्दै गयौँ । सोही कारण अहिले यो स्थानमा आउन सफल भएका छौं । केही समयअघि मात्र क्षेत्रीयस्तरको कन्काई विकास बैंकलाई प्राप्ति ग-यौँ । अहिले फेरि राष्ट्रियस्तरको कैलाश विकास बैंकलाई प्राप्ति ग-यौँ । कैलाशलाई प्राप्ति गरेपछि प्राइमको चुक्ता पुँजी १३ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । यसबीचमा बैंकको कुल निक्षेप एक खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा रकम एक खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । बैंकको कुल पुँजीकोष १९ अर्बको हाराहारीमा पुगेको छ । बैंकको अधिकृत पुँजी २२ अर्ब रुपैयाँ पु-याउने निर्णय पनि ११औं वार्षिक साधारणसभाबाट पारित गरिसकेका छौं । पछिल्लो प्राप्तिपछि बैंकको सातै प्रदेशको ७७ वटै जिल्लामा दुई सय शाखाहरु सञ्चालनमा छन् । यिनै सूचकका आधारमा भन्न सक्छौँ – प्राइम बैंक निकै सबल र सक्षम बन्न सफल भयो ।
कसरी सम्भव भयो यो सफलता ?
कुनै पनि सफलता सजिलै प्राप्त हुँदैन । यो सफलताको लागि सिंगो प्राइम बैंक परिवारले ठूलो मिहिनेत गरेको छ । यसमा सबै सेयरधनीहरु, नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, निक्षेपकर्ता तथा कर्जावाला ग्राहक, शुभ चिन्तकहरु, सरोकारवाला सबै निकायहरुको उल्लेखनीय साथ र सहयोग छ । यसकै कारण यो सफलता सम्भव भएको हो ।
तपाईंकै भाषामा भन्नुपर्दा वित्तीय क्षेत्रलाई सबल बनाउन अन्य बैंकहरुले पनि त त्यति नै ठूलो मिहिनेत गरेका होलान् नि ?
अन्यको हकमा त म भन्न सक्दिन । तर प्राइममा जुन खालको कार्यगत एकता र कार्यशैली छ । त्यही शैलीका कारण हामी सफल भएका हौं । एक–एक मिलाएर दुई हुने गणितको सामान्य नियम हो । तर एक र एक मिलाएर दुई मात्र हुँदैन बढी पनि हुन्छ । हामी दुई संस्थाको सिनर्जी प्रतिफलमार्फत जादुयी उपलब्धिको नम्बर तीन प्राप्ति गर्न कोशिस गर्छौं । दक्ष जनशक्ति बनिबनाउ पोर्टफोलियो र शाखा सञ्जाल तथा कोषको व्यवस्थापन गर्नसक्ने प्राइमको आफ्नै मौलिक कार्यकुशलता छ । हामी सबैले अपेक्षा गरेको उपलब्धि यसैले प्राप्त भएको हो ।
प्राइमले हालसम्म दुईवटा संस्थालाई प्राप्ति गरिसक्यो, अझै तेस्रो संस्थालाई प्राप्ति गर्ने प्रक्रियामा रहेको छ, यो प्राप्तिको शृंखलाले आगामी समय पनि निरन्तरता पाउँछ ?
प्राप्ति र मर्जरको शृंखलाले कुन हदसम्म निरन्तरता पाउँछ भन्ने कुरा नियमनकारी निकाय नेपाल राष्ट्र बैंक र बजारको आवश्यकताले निर्धारण गर्छ । अहिले हामीले जुन जुन संस्थालाई प्राप्ति ग-यौँ, त्यो पनि नियमनकारी निकायको नीति र वित्तीय बजारको आवश्यकताकै आधारमा ग-यौँ । सोही आवश्यकतालाई मध्यनजर गरी बैंकको सर्वोपरी हितमा हुने र सेयरधनीहरुको प्रतिफलमा नकारात्मक असर नपुग्ने गरी आगामी दिनमा पनि मर्जर तथा एक्विजिसन गर्ने नीतिलाई अगाडि लानेछौं ।
बैंकिङ बजारमा प्राइमले जुनरुपमा ग्रोथ गर्नुपथ्र्यो, त्यो रुपमा गर्न नसकेको भन्नेहरु पनि छन् नि ?
हेर्नुहोस्, बजार जुनसुकै होस्, चाहे त्यो वस्तु बजार होस् वा सेवा बजारअन्तर्गत बैंकिङ क्षेत्र नै किन नहोस्, सकारात्मक र नकारात्मक कुरा गर्नेहरु धेरै हुन्छन् । तर म ठोकुवाका साथ भन्न सक्छु । हाम्रो ग्रोथ उत्साहजनक छ । यदि यस्तो थिएन भने हामीले आज यो उपलब्धि हासिल गर्नसक्ने थिएनौं होला । प्राइमले स्थापनाकालदेखि नै निक्षेपकर्ताहरुलाई उच्चरुपमा ब्याज दिँदै आएको छ भने तुलनात्मकरुपमा न्यून ब्याजदरमा कर्जाका उपभोक्ताहरुलाई वित्तीय स्रोतको बन्दोबस्त गरिदिएको छ । लिने र दिने ब्याजदरको अन्तर स्प्रेडदर न्यूनतम राखेर काम गर्ने हाम्रो नीति हो । हामीले सेयधनीहरुलाई पनि उच्च लाभांश दिँदै आएका छौँ । यसैगरी कर्मचारीहरु वर्गलाई पनि बैंकिङ उद्योगकै औसतभन्दा माथि सेवा सुविधाहरु दिइरहेका छौँ । यिनै आधारमा पनि भन्न सक्छौँ – प्राइमले जुनरुपमा ग्रोथ गर्नुपर्थ्यो गर्न सकेन भन्ने हल्ला निराधार हो ।
कर्मचारीहरुलाई बैंकिङ उद्योगकै औसतभन्दा माथि सेवा सुविधा दिँदा सञ्चालन खर्च बढ्ला नि ?
बढ्न सक्छ । यदि कोषको सही रुपमा व्यवस्थापन गर्न सकिएन भने तपाईंले भनेजस्तो हुनसक्छ । आजको दिनमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुको भीडमा सञ्चालन एवं व्यवस्थापन खर्च कम भएको कुनै बैंक छ भने त्यो बैंक प्राइम नै हो, यसमा कसैको दुईमत नै छैन । न्यून सञ्चालन खर्च र कोषको उत्कृष्ट व्यवस्थापनका साथै सिर्जनशील, नवीन आविष्कारक एवं कडा मिहिनेत गर्ने कार्यसंस्कृतिको विकास गरी आश्चर्यजनक र असम्भवजस्तै लाग्ने यो नीति अवलम्बन गरेकैले खर्च कम भएको हो । बैंकका निक्षेपकर्ता, कर्जावाला ग्राहक, सेयरधनी र कर्मचारीहरु सबैलाई सन्तुष्ट बनाएर पनि सबैभन्दा न्यून सञ्चालन खर्च भएको तथा बढी प्रतिफल दिने बैंकको रुपमा प्राइम बैंकको नाम लिइँदा गौरव लाग्छ । यो गौरवलाई हामी आगामी दिनमा पनि कायम राख्नेछौँ ।
सेयरधनीलाई उच्च लाभांश र कर्मचारीलाई समकालीन बैंकहरुभन्दा बढी सुविधा दिन कसरी सम्भव भयो ?
अधिकांश अवस्थामा बैंकले कमाएको मुनाफाबाट सेयरधनीहरुलाई स्टक डिभिडेण्ड दिइएकोले पनि राष्ट्र बैंकले तोेकेको पुँजीकोष पु-याउन सजिलो भयो । अर्कोतर्फ मुनाफा वितरणको यो रणनीतिबाट सर्वसाधारण सेयरधनीहरुले पनि दोस्रो बजारको मूल्यअनुसार बोनस सेयरबाट उच्च प्रतिफल प्राप्त गरेका छन् । त्यसैगरी न्यूनतम सञ्चालन खर्च र उच्चतम प्रतिफलको व्यवस्थापनबाट बोनसको रुपमा कर्मचारीहरुले पनि समकालीन बैंकहरुभन्दा बढी सुविधा प्राप्त गर्न सफल भएका हुन् । हामीलाई आशा छ कैलाशको आगमनले आगामी दिनमा अझै बढी सफलता हासिल गर्नेछ ।
बैंकिङ क्षेत्रलाई चुस्त राख्न कर्मचारीको ठूलै भूमिका रहन्छ, यसबारे के भन्नुहुन्छ ?
कर्मचारीहरु भनेको कुनै पनि संस्थाका लागि खम्बा हुन । त्यो खम्बा कमजोर भयो भने संस्था ढल्न पनि सक्छ । कुन संस्थाको आयु कतिसम्म रहने भन्ने कुरा त्यो संस्थामा कार्यरत कर्मचारीहरुको आचरणमा पनि भर पर्छ । जहाँसम्म प्राइमको कुरा छ, प्राइमलाई सबल र सक्षम बैंक बनाउन प्राइम बैंक परिवार सक्षम छ । हामीले कर्मचारीहरुलाई बैंकिङका हरेक विधामा काम गर्नसक्ने बनाएका छौँ । अन्य संस्थामा नभएको तर प्राइम बैंकमा मात्र भएको थप सुविधा भनेको वार्षिक अतिरिक्त विदाको व्यवस्था हो ।
बहुआयामिक सकारात्मक प्रभाव दिने यो सुविधाअन्तर्गत मानसिक शान्ति तनाव व्यवस्थापन र नैतिक मूल्य मान्यता एवं संस्कारको विकासको लागि १०/१२ दिनको ध्यान शिविरमा भाग लिएमा बंैकबाट छ दिनको अतिरिक्त विदा दिने विशेष व्यवस्था गरिएको छ । प्राप्तिपश्चात् पनि कर्मचारीहरुलाई विभिन्न तालिम तथा क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरु सञ्चालन गरी बैंकका प्रत्येक कर्मचारीहरुलाई क्षमताअनुसारको उचित जिम्मेवारी दिइनुको साथै हरेक विधामा काम गर्नसक्ने जनशक्तिको रुपमा विकास गर्र्ने रणनीति बैंकको छ । यसका अतिरिक्त वृत्ति विकासका लागि अन्य सुविधाहरु पनि बैंकले उपलब्ध गराउनेछ ।
बैंकिङ क्षेत्रमा पछिल्लो समय संस्थागत सुशासनको पक्ष कमजोर बन्दै गएको छ, भनिन्छ नि ?
अन्य बैंक तथा वित्तीय संस्थाहरुमा संस्थागत सुशासनको पक्ष कस्तो रहेको छ, त्यो त भन्न सक्दिन । तर जहाँसम्म प्राइम कमर्सियल बैंक लिमिटेडको कुरा छ, यहाँ संस्थागत सुशासन बलियो छ । संस्थागत सुशासन, व्यावसायिकता, कार्यसंस्कार एवं पद्धतिको विकासमा हामीले उत्कृष्ट काम गरेका छौं । यसक्रममा कानुनी, विभिन्न आम्दानी र जोखिममा आधारित लेखापरीक्षण समेत गरिएको छ । यसबापत सम्बन्धित निकायहरुबाट हामीले प्रशंसा पाएका छौँ । यसले गर्दा पनि बैंकको व्यावसायिक छवि अर्थात् भनौं कर्पोरेट इमेज माथि उठेको हो ।
अन्तमा के भन्नुहुन्छ ?
प्राइम कमर्सियल बैंक हाम्रो आफ्नो बैंक हो, सबै नेपालीको बैंक हो । पछिल्लो प्राप्ति प्रक्रियाले हामीले प्रत्येक नेपालीको घरआँगनसम्म पुग्न सफल भएका छौं । हामी सिंगो नेपाल र नेपालीको समृद्धिको साझेदार बन्न चाहन्छौँ । प्रत्येक नेपालीको सुखदुःखको साझेदार बन्न चाहन्छौँ । नियमनकारी निकायको ऐन नियमको परिधिभित्र रहेर प्राइम बैंकसँग प्रत्यक्ष वा अप्रत्यक्षरुपमा जोडिएका सबैको समृद्धिको साझेदार बन्नेछौं । आशा छ, यो अभियानमा सबै ग्राहकहरुको साथ र सहयोग रहनेछ ।
क्याटेगोरी : अन्तर्वार्ता
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया