Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदहाफ म्याराथनको उपाधि राममायालाई

हाफ म्याराथनको उपाधि राममायालाई


काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघद्वारा आयोजित ‘प्रथम महिला हाफ म्याराथन प्रतियोगिता २०८०’ को उपाधि राममाया बुढाले पाएकी छन् । संघको २२औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबकी बुढाले पाएकी हुन् । उनले एक घण्टा २६ मिनेट नौ सेकेण्डमा २१ किलोमिटर दूरी पार गरी उपाधि हासिक गर्न सफल भएकी हुन् ।

प्रधान कार्यालय हल्चोकबाट सुरु भएको म्याराथन स्वयम्भु, कलङ्की, बल्खु, सानेपा, एकान्तकुना, सातदोबाटो, एन्फा फुटबल ग्राउण्डबाट सोही रुट फिर्ता हुँदै स्टार हस्पिटल सानेपा, बल्खु, कलङ्की, सितापाइला, कारखानाचोक भई पुनः हल्चोक रंगशाला आएर समापन भएको थियो । प्रतियोगितामा प्रथम हुने बुढाले एक लाख रुपैयाँ प्राप्त गरेकी छन् । यस्तै, दोस्रो हुने नेपाल एपीएफ क्लबकी बिन्दाधन्के श्रेष्ठले एक घण्टा २७ मिनेट २७ सेकेण्डमा निर्धारित दूरी पार गरी ७५ हजार रुपैयाँ तथा तेस्रो हुने त्रिभुवन आर्मी क्लबकी पूर्ण राज्यलक्ष्मी न्यौपानेले एक घण्टा २७ मिनेट ५० सेकेण्डमा पार गरी ५० हजार रुपैयाँ
जितेकी छिन् ।

चौथो हुने नेपाल एपीएफ क्लबकी आशा राउतले एक घण्टा ३२ मिनेट १८ सेकेण्डमा पार गरी २५ हजार रुपैयाँ र पाँचौँ हुने नेपाल पुलिस क्लबकी सुमित्रा चौधरीले एक घण्टा ३२ मिनेट २८ सेकेण्डमा पार गर्दै १५ हजार रुपैयाँ जितेकी छन्् ।

उपाधि हासिल गर्ने धावकहरूलाई आइतबार वार्षिकोत्सवमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने कार्यक्रम रहेको सशस्त्र प्रहरी बलले जनाएको छ । छैठौँदेखि दशौँ स्थान हासिल गरेका धावकहरूलाई भने शनिबार नै पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितमा त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लबलगायत सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरू तथा देशैभरका महिला धावकहरू गरी कुल ४२ जनाको सहभागिता रहेको थियो ।


क्याटेगोरी : खेलकुद
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया