नेपालका चार प्रतिनिधि एशियन महासङ्घमा निर्वाचित
काठमाडौँ । एशियन बडिविल्डिङ एण्ड फिजिक स्पोर्टस् फेडेरेशनको चुनावी साधारणसभामा नेपालका चार जना प्रतिनिधि विभिन्न पदमा चयन भएका छन् ।
नेपाल शारीरिक सुगठन तथा फिटनेस महासङ्घको आयोजनामा काठमाडौँमा भइरहेको ५५औँ एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपअन्तर्गत एशियन बडिविल्डिङ एण्ड फिजिक स्पोर्टस् फेडेरेशनको चुनावी साधारणसभाले महासङ्घका अध्यक्ष राजेशबाबु श्रेष्ठलाई फेडेरेशनको कार्यकारी उपाध्यक्ष पदमा चयन गरेको हो ।
यसैगरी महसङ्घका उपाध्यक्ष विजयलाल कायस्थलाई फेडेरेशनको उपाध्यक्ष, महासङ्घका सचिव दिनेश राजभण्डारीलाई प्राविधिक समितिको अध्यक्ष र महासङ्घको उपाध्यक्ष राजेश उपाध्यायलाई कार्यकारी सदस्यमा मनोनीत गरको महासङ्घका सचिव दिनेश राजभण्डारीले राससलाई जानकारी दिए ।
सबै निर्वाचित सदस्यहरुको कार्याकाल चार वर्षको हुनेछ । नेपालमा आयोजना हुने एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपअघि साधारणसभा भएको हो । उक्त प्रतियोगिताको खेल भने भोलि हुनेछ ।
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
- ‘सबैको पहुँचमा शुद्ध र स्वच्छ खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व’
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया