नेपाल टी-२० विश्वकप छनोटमा समूह उपविजेता, यूएईसँग सेमिफाइनल खेल्ने
काठमाडौं,दुई असोसिएट राष्ट्रबीचको ‘हेभिवेट भिडन्त’ मा नेपाललाई पराजित गर्दै ओमान टी-२० विश्वकप एसिया छनोटमा समूह ‘ए’को विजेता बनेको छ भने नेपाल उपविजेतामै सीमित भएको छ।
अब नेपालले शुक्रवार यूएईसँग सेमिफाइनल खेल्नेछ र जितेमा फाइनल पुग्नेछ।
कीर्तिपुर क्रिकेट मैदानमा बिहान सुरु भएको खेलमा थुप्रै नाटकीय मोडहरू देखिए। दुबै टोलीका खेलाडीहरुले गरेका ‘मिस फिल्ड’ हरू, ‘ड्रप क्याच’ र केही उत्कृष्ट ब्याटिङ तथा बलिङ नमुनाले खेलको रोमाञ्च थपिएको थियो।
टस जितेर पहिलो फिल्डिङ रोजेको नेपालले ओमानलाई १४५ रनमा रोकेको थियो। जबाफमा नेपालले १४० रन मात्र बनायो।
सङ्घर्षपूर्ण ब्याटिङ
धेरै समयपछि नेपालले ब्याटिङमा नमज्जाले सङ्घर्ष गरेको देखियो। नेपालले लगातार विकेट गुमाउन पुगेको थियो।
आशिफ शेख तेस्रो ओभरको पहिलो बलमा विलाल खानको बलमा कट एन्ड बोल्ड भएपछि नेपालको विकेट पतन सुरु भएको थियो।
तीन नम्बरमा पठाइएका सोमपाल कामी पाँचौ ओभरमा १२ रन बनाएर आउट भए।
त्यसपछि २६ रन बनाएर खेलिरहेका ओपनर कुशल भुर्तेल छैटौँ ओभरमा मेहरन खानबाट बोल्ड भएपछि नेपाल समस्यामा पर्न थाल्यो।
कप्तान रोहित पौडेल ८.१ ओभरमा बोल्ड भएपछि नेपाल ५४-४ को खराब स्थितिमा पुगेको थियो।
आक्रामक कुशल मल्ल नेपालको आशाको रूपमा क्रिजमा थिए। तर उनी पनि ११.१ ओभरमा छक्का हान्ने धुनमा क्याच आउट हुन पुगे।
घाइते दीपेन्द्र सिंह ऐरीको अभाव खट्कियो।
त्यसपछि गुलशन झा (३ रन) , सन्दीप जोरा (१२ रन), सन्दीप लामिछाने(२ रन) आउट भए।
नेपालको बलिङ
टस जितेर फिल्डिङ रोजेको नेपालले पावरप्लेको भरपुर फाइदा उठायो।
करण केसीले पहिलो ओभरको पाँचौ बलमा ओपनर कश्यप प्रजापतिलाई आउट गरेर विकेट लिने क्रम सुरु गरेका थिए।
कश्यप करणको तेज गतिको बलमा एज लाग्दा विकेटकिपर आशिफ शेखबाट समातिएका थिए।
त्यसपछि सोमपाल कामीले आफ्नो जादु देखाए।
उनले चौथो ओभरको पहिलो बलमा खतरनाक ब्याटर अकिव इलियासलाई बोल्ड गरिदिएका थिए।
तर सोही ओभरमा ओमानका प्रतीक अथाभालेले दुई पटक जीवनदान पाए।
तेस्रो बलमा प्रतीकले गरेको प्रहार मिड अनमा कप्तान रोहित पौडेलको हातमा पुगेर फुत्किन पुग्यो। त्यो मुस्किलको क्याच अवसर थियो।
ओभरको अन्तिम बलमा प्रतीक फेरि जोगिए। यति बेला लङ अनमा प्रतीश जिसीले उनको सजिलो क्याच फुत्काउन पुगेका थिए।
पाँचौ ओभरमा भने गुलशन झाको बलमा रोहितले प्रतीकको क्याच छोडेनन्।
त्यसपछि कप्तान जिशन मकसुदले ओमानको इनिङ्स उकास्दै तीन छक्का प्रहार गरेर ३२ रन बनाए।
चौधौँ ओभरको पहिलो दुई बलमा सन्दीप लामिछानेले आयान खान र मेहरन खानको विकेट लिँदै नेपाललाई खेलमा फर्काएका थिए।
यद्यपि नसिम खुशी (२५ रन) र सकिल अहमद (२२ रन)ले रन जोड्दै ओमानको स्कोरबोर्डमा रन थपिदिए।
करणले सकिल र कलिमुल्लाहको विकेट लिएर कुल तीन विकेट लिए। सोमपाल र सन्दीपले २/२ विकेट लिए।
(बीबीसी)
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया