डीएभीको फुटसल प्रतियोगिताको उपाधि विनायक सिद्ध कलेजलाई
काठमाडौं । डीएभी कलेजले आयोजना गरेको पाँचौँ डीएभी प्लस टु अन्तर कलेज सिक्स ए साइड फुटसल प्रतियोगिता उपाधि विनायक सिद्ध कलेजले पाएको छ । विजेता विनायक सिद्ध कलेजले तीन लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको थियो ।
यस्तै, प्रतियोगितामा उपविजेता टिम कुमारी एकेडेमीले दुई लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्रका प्राप्त गरेका छन् । साथै, उत्कृष्ट खेलाडी डीएभी कलेजका भारगव सिलवाल, उत्कृष्ट गोलरक्षक कुमारी एकेडेमीका विवेक श्रेष्ठ र उच्च गोलकर्ता विनायक सिद्ध कलेजका महेश दर्नाल भएका थिए । उनीहरूले जनही नगद १५ हजार रुपैयाँ, व्यक्तिगत ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताका विजयी टिम तथा उत्कृष्ट खेलाडीहरूलाई केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडिया, कलेजका प्रिन्सिपल सुमन बस्नेत, शिवशक्ति युनिफर्मका सञ्चालक÷एकल विद्यालय फाउन्डेसनका अध्यक्ष महावीर अग्रवाल तथा ग्लोबल टचका नेसनल डाइरेक्टर निशान्त श्रेष्ठले संयुक्तरूपमा पुरस्कार वितरण गरेका थिए ।
कलेजको आफ्नै फुटसल मैदानमा भएको सो प्रतियोगितामा ४२ कलेजहरूले सहभागिता जनाएको कलेजले जनाएको छ । प्रतियोगिताको गत शुक्रबार केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडिया, नेपालका पूर्व राष्ट्रिय फुटबल खेलाडी प्रदीप महर्जन तथा कलेजका प्रिन्सिपल सुमन बस्नेतले संयुक्तरूपमा उद्घाटन गरेका थिए । चार दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगिता प्लस टु तहको सबैभन्दा ठूलो धनराशिको प्रतियोगिता भएको कलेजका प्रिन्सिपल सुमन बस्नेतले बताए । खेलकुदका माध्यमबाट विद्यार्थीमा अनुशासनको विकास तथा प्रतिभाशाली फुटबल खेलाडी तयार गर्ने उद्देश्यले कलेजले सो प्रतियोगिताको आयोजना गरेको थियो ।
क्याटेगोरी : खेलकुद
ट्याग : #page 3
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया