नेपाल पुलिस क्लबलाई प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधि
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हासिल गरेको छ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेट पराजित गर्दै नेपाल पुलिस क्लबले उक्त उपाधि जितेको हो ।
टस हारेर पहिलो ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले ४९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । बलिङतर्फ नेपाल पुलिस क्लबका ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान ३/३ विकेट, सागर ढकाल, करण केसी र कुशल भुर्तेलले १/१ विकेट लिए । १ सय ८२ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल पुलिस क्लबले ओभरमा ३७.५ ओभरमा ४ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको थियो ।
नेपाल पुलिस क्लबका लागि शंकर रानाले ६२ रन, अर्जुन साउदले ३६ रन, आरिफ शेखले २७ रन, अमित श्रेष्ठले २८, कुशल भुर्तेलले १४ रन र दिलिप नाथले ७ रन बनाएका थिए । फाइनल खेलमा नेपाल पुलिस क्लबका ललित राजवंशी म्यान अफ द म्याच घोषित भए ।
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया