Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुद‘ए’ ग्रेडका खेलाडीले मासिक तबल एक लाख पाउने

‘ए’ ग्रेडका खेलाडीले मासिक तबल एक लाख पाउने


काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘ए’ ग्रेड मा पर्ने पुरुष खेलाडीलाई मासिक तलब एक लाख दिने निर्णय गरेको छ । यही फागुन १२ र १४ गते बसेको क्यानको केन्द्रीय कार्यसमितिको बोर्ड बैठकले पुरुषतर्फ ‘ए’ ग्रेडमा पर्ने खेलाडीलाई मासिक एक लाख तलब दिने निर्णय गरेको हो ।

राससका अनुसार बैठकले पुरुषतर्फ ‘बी’ ग्रेडमा पर्ने खेलाडीलाई ७० हजार, ‘सी’ ग्रेडलाई ५५ हजार, ‘डी’ ग्रेडलाई ३५ हजार तथा इमर्जिङ समूहमा पर्नेलाई २५ हजार प्रदान गर्ने निर्णय गरेको हो ।

‘ए’ ग्रेडमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलसहित सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल छन् । त्यसैगरी ग्रेड ‘बी’मा कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललित नारायाण राजवंशी र अभिनाश बोहोरा छन् । ग्रेड ‘सि’मा विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिश जिसी छन् ।

ग्रेड ‘डी’मा पवन सर्राफ, सागर ढकाल, अनिल शाह, विवेककुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ छन् भने इमर्जिङ समूहमा दीपेश कँडेल, रुपेश सिंह, रिजन ढकाल, विपिन खत्री, देव खनाल, अर्जुन घर्ती र हेमन्त धामी छन् ।

महिलातर्फको ग्रेड ‘ए’मा इन्दु वर्मा, रुविना क्षेत्री र सिता रानामगर छन् भने ग्रेड ‘बी’मा कविता कुँवर, ग्रेड ‘सी’मा पुजा महतो र अश्मिना कर्मचार्य छन् । त्यसैगरी ग्रेड ‘डी’मा अप्सरी बेगम, कविता जोशी, सङ्गीता राई, काजोल श्रेष्ठ र विन्दु रावल छन् ।

इमर्जीङमा सोनी पाख्रिन, खुसी डङ्गोल, ज्योत्स्निका मरासिनी, कन्चन श्रेष्ठ, रुवी पोदार, सृष्टि जैशी, सम्झना खड्का र सना प्रविन छन् ।

महिलातर्फको ‘ए’ ग्रेडका पर्ने खेलाडीलाई ५० हजार प्रदान गरिनेछ भने ‘बी’ ग्रेडलाई ३५ हजार, ‘सी’ लाई ३० हजार, ‘डी’ लाई २५ हजार तथा इमर्जिङ समूहलाई


क्याटेगोरी : खेलकुद

तपाईको प्रतिक्रिया