आईसीसी टी–२० विश्वकप क्रिकेट : १७ राष्ट्रको टोली घोषणा, तीन टोलीको अझै बाँकी
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको मिति नजिकिदै गर्दा यसको चर्चा र चर्चा पनि थप चुलिदै गएको छ । आउँदो जुन एक देनि जुन २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने विश्वकको नवौँ संस्करणका लागि अधिकाशं देशले आफ्नो टोलीको घोषणा समेत गरिसकेका छन् ।
प्रतियोगितामा सहभागि हुने २० टिम मध्ये अहिलेसम्म १७ वटा देशले टोली घोषणा गरेका छन् । अझै पनि प्रतियोगितमा तीन टोलीले आफ्नो टोली घोषणा गर्न बाँकी रहेको छ । टी–२० विश्वकपका लागि सबैभन्दा पहिला न्युजिल्यान्डले टोली घोषणा गरेको थियो । न्युजिल्यान्डले केन विलियमसनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । यस्तै नेपालले रोहितकुमार पौडेल, भारतले रोहित शर्मा, पूर्वविजेता इङ्ग्ल्यान्डले जोस बटलर, दक्षिण अफ्रिकाले एडन मार्करमको कप्तानीमा टोली घोषणा गरेको छ ।
यसैगरी अफगानिस्तानले राशिद खान, अस्ट्रेलियाले मिचेल मार्श, क्यानडाले साद बिन जफर, ओमानले अकिब इलियास, स्कटल्यान्डले रिची बेरिङटन, युगान्डाले ब्रेन मसाबा, अमेरिकाले मोनान्क पटेल र वेस्ट इन्डिजले रवमान पावेलको कप्तानीमा टोली घोषणा गरेको छ । यस्तै आयरल्यान्डले पल स्टर्लिङ, नामिबियाले गेरहार्ड इरास्मस, श्रीलङ्काले वानिन्दु हसरङ्गा र पपुवा न्यु गिनी (पीएनजी) ले असाद भालाको कप्तानीमा टोली घोषणा गरेको छ ।
२० वटा देश सहभागी हुने प्रतियोगिताका लागि अब पाकिस्तान, बङ्ग्लादेश र नेदरल्यान्ड्सले टोली घोषणा गर्न बाँकी छ । टी–२० विश्वकपको समूह ‘ए’ मा आयरल्यान्ड, क्यानडा, अमेरिका, भारत र पाकिस्तान छन् । यस्तै समूह ‘बी’ मा अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान र इङ्ग्ल्यान्ड छन् । समूह ‘सी’ मा अफगानिस्तान, युगान्डा, पीएनजी, न्युजिल्यान्ड र वेस्ट इन्डिज छन् । यस्तै समूह ‘डी’ मा नेपाल, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलङ्का र बङ्ग्लादेश छन् । जुन १ मा उद्घाटन खेलमा अमेरिका र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ ।
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
- २ किलो सुन सहित एक युवक पक्राउ
- दुर्गा प्रसाईंका समर्थकद्वारा कोटेश्वरमा प्रदर्शन
- वीरगञ्जबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, १७ जना घाइते
- बगेर खेर गइरहेछ भोटको नुन
- आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु
- नेपालमा लगानी गर्ने वातारण सृजना भएको छ: अर्थमन्त्री पौडेल
- भद्रकालीबाट एमाले जागरण सभाको र्याली प्रारम्भ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया