काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बहस जारी छ । उक्त मुद्दाको न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको संयुक्त इजलासमा सुनुवाइ तोकिएको थियो ।
सन्दीपको मुद्दालाई अग्राधिकार दिएर एक नम्बर पालोमा राखिएको छ । सरकारी पक्षका दुई जना वकिलले बहस गरिसकेका छन् । त्यसपछि सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्ण सापकोटा, मुरारी सापकोटा र शम्भु थापाले पनि बहस सिध्याएका छन् ।
अब वरिष्ठ अधिवक्ता रामनारायण बिडारी र सविता भण्डारीले बहस गर्ने छन् । सन्दीप पक्षको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्ने त्यसपछि न्यायाधीशले फैसला सुनाउने बताइएको छ ।
स्रोतका अनुसार आजै फैसला आउन सक्ने सम्भावना पनि छ । यदि आज बहस नसकिए मुद्दालाई हेर्दा हेर्दैमा राखेर भोलि यही इजलासमा सुनुवाइ हुनेछ ।
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया